घर-परिवारमा मनमुटाव हुनुमा वास्तु दोष हुन्छ हुनसक्छ कारण, गर्नुहोस् यस्ता उपाय !

घर तथा व्यापारमा सुख तथा समृद्धिको लागि सकारात्मक उर्जा हुनु महत्वपूर्ण हुन्छ। जहाँ सकरात्मक ऊर्जाको सट्टा नकारात्मक उर्जा प्रवाह हुन्छ, त्यहाँ अशान्त वातावरण रहन्छ र धेरै प्रकारका समस्याहरू सुरु हुन्छन्। वास्तु एक यस्तो शास्त्र हो, जसको प्रयोग गरेर तपाईंले आफ्नो घर र कुनै पनि स्थानको सकारात्मक उर्जा लाई बढावा दिन सक्नुहुन्छ। जान्नुहोस् कि वास्तुका के चीजहरूलाई ध्यानमा राख्दै, सकारात्मक उर्जा बढाउन सकिन्छ।

घरको मुख्य द्वार एक स्थान हो जुन ऊर्जाको प्रवाहको लागि मुख्य स्थान हो। त्यसकारण ढोका सँधै खुल्ला राखुपर्छ ताकि ढोकाको छेउमा अँध्यारो नहोस्। प्रकाश र हावाको आगमन सहज रहोस्। जुन घरको ढोका पूर्ण रूपमा खुल्दैन, त्यहाँ बस्ने सदस्यहरूका लागि प्रगतिका अवसरहरू पनि सीमित हुन्छन्। त्यसकारण ढोका पूर्ण रूपमा खोल्न आवश्यक छ।

घरमा टुटे फुटेको तथा बिग्रेको समान राख्नु शुभ मानिदैन। भाँचिएको, फुटेको वा प्रयोग अहुने वस्तुहरु राख्नाले घरमा नकारात्मकता बढ्छ, जसले परिवारमा कलहलाई बढावा दिन्छ। घरलाई सँधै व्यवस्थित र सफा राख्नुहोस्। घरमा माकुराको जाल लाग्न नदिनुहोस्। हप्तामा एक पटक घर सफा गर्नुहोस्।

भान्साकोठामा कुनै पनि किसिमको उर्जाले घरका सबै सदस्यहरूमा प्रत्यक्ष प्रभाव पार्छ। तसर्थ, भान्साकोठा र बाथरुम कहिले पनि आमने सामने वा नजिकै बनाउनु हुँदैन। यसो हुनाले घरमा नकारात्मक उर्जाले बास गर्छ।

तुलसीको विरुवा वास्तु दोषको नकरात्मक प्रभाव हटाउन सक्षम छ। जहाँ तुलसी बोट लगाइएको छ, त्यहाँ सकारात्मक उर्जा संचार हुन्छ। त्यसैले, घरमा तुलसीको विरुवा लगाउनुहोस्।

सँधै हरियाली र मनलाई शान्त पार्ने तस्वीरहरू घरमा राख्नुहोस्। यसो गर्नाले घरमा सकरात्मक उर्जा रहन्छ। युद्ध, गरीबी वा क्रोधित आसनमा जनावरहरूको चित्र आदि राख्नु हुँदैन। यदि सम्भव छ भने, तपाईंको घरमा हाँसीरहेको खुशी परिवारको तस्वीर राख्नुहोस्। तपाईं आफ्नो परिवारको फोटो पनि राख्न सक्नुहुनेछ जसमा परिवारका सबै सदस्यहरू हुन्।

प्रकाशित : बिहिबार, मङि्सर ११, २०७७१९:३१

डिसेम्बर महिनामा यी ४ ग्रहले गर्नेछन् राशि परिवर्तन, सबै भन्दा कसलाई लाभ ?