मोटोपना वा वजन बढ्ने समस्या आजको व्यस्त जीवनशैली र भागदौडभरा जीवनमा आम समस्या भएको छ। दुनियाभरमा लाखौँ मानिस यो समास्याबाट पिडित छन्। वजन बढ्नुको धेरै कारणहरू हुन सक्छन्, उच्च क्यालोरी खाना, जंक फूड सेवन, शारीरिक रूपमा सक्रिय नहुनु, आदि। जाडो महिलामा त झन् धेरै मानिसहरू शारीरिक रूपमा सक्रिय हुँदैनन्, जसले गर्दा वजन बढ्न सक्छ।
त्यसकारण, जाडोको मौसममा यस्ता चीजहरूको सेवन गर्नु महत्त्वपूर्ण छ, कम गर्न मद्दत गर्छ र उहि समयमा पेटको बोसो घटाउने काम गर्छ। आउनुहोस् यसको बारेमा जान्नुहोस्…
गाँजर
गाँजरमा निकै थोरै क्यालोरी हुन्छ, जसले वजन घटाउन मद्दत गर्छ। त्यस्तै, जाँगरमा फाइबर पनि उच्च मात्रामा हुन्छ र यसको सेवन गरेपछि तपाईंलाई धेरै समयसम्म भोक लाग्दैन, जसको कारण तपाईं कम खानुहुन्छ। यस्तोमा, वजन कम हुन मद्दत मिल्छ। तपाईं गाजरको रस पनि पिउन सक्नुहुन्छ।
चुकन्दर
यदि तपाईं आफ्नो वजन घटाउने बारे सोच्दै हुनुहुन्छ भने चुकन्दर वा चुकन्दरको रस तपाईंको लागि धेरै उपयोगी हुनसक्छ। वास्तवमा, यसको रसमा भिटामिन सी, फाइबर, नाइट्रेट्स, बेटानिन जस्ता पोषक तत्व हुन्छ जसले तपाईंको पेटको बोसो कम गर्न मद्दत गर्छ। तपाईं चुकन्दर काँचो , उमालेको वा भुटेको पनि खान सक्नुहुन्छ।
मेथी
मेथीमा प्रचुर मात्रामा फाइबर हुन्छ। यदि तपाईंले एकपटक मेथी सेवन गर्नुभयो भने घण्टौंसम्म तपाईंलाई भोक लाग्दैन। वास्तवमा, यसले लामो समयसम्म पेट भरिएको महशुस गराउँछ। यस तरिकाले यसले तपाईंको वजन घटाउन मद्दत गर्छ।
दालचिनी
यदि तपाईं तौल घटाउन र पेटको बोसो घटाउन चाहानुहुन्छ भने नियमित रूपमा दालचिनीको सेवन गर्नुहोस्। वास्तवमा, यसले भोक कम गर्छ र मेटाबोलिज्म बढाउँछ। यसले तौल घटाउन मद्दत गर्छ।