युभेन्टसका प्रशिक्षक एन्ड्रिय पिर्लोले क्रिस्टियानो रोनाल्डोलाई ‘बोर्न च्याम्पियन’ को रूपमा वर्णन गरेका छन्। काग्लियारी विरुद्धको खेलमा २ गोल गरेका पोर्चुगिज लेजेण्डलाई पिर्लोले उदारहरणीय र ‘बोर्न च्याम्पियन’ भन्दै प्रशंसा गरेका छन्।
पूर्व रियल म्याड्रिड स्ट्राइकरले काग्लियारी विरुद्धको खेलमा ४ मिनेटको अन्तरमा २ गोल गर्दै सबै प्रतियोगिताहरुमा आफ्नो गोल संख्या ८ पुर्याएका छन्। आइतबारको खेलमा गोल गरेसँगै रोनाल्डो ३ अंक पर गेम नियम आएपछि युभेन्टसका लागि पहिलो ५ अवे खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
डीएजेडएनसँग कुरा गर्दै युभेन्टसका प्रशिक्षक एन्ड्रिय पिर्लोले भने,”रोनाल्डो एक उत्कृष्ट व्यवसायी खेलाडी हुन्।” “उनी एक वास्तविक च्याम्पियन र उदारहरणीय हुन्। उनी क्लबका सबै खेलाडीका लागि एक उदाहरण बनेका छन्, मैदानमा होस् वा प्रशिक्षणमा,” पिर्लोले भने,”मैले उसलाई दिन सक्ने एक मात्र सल्लाह भनेको सधैँ यस्तै रहून् भन्ने हो।”
२०१८ मा रियल म्याड्रिडबाट ११८ मिलियन डलरमा युभेन्टस आएका रोनाल्डोले इटालीमा उत्कृष्ट खेल देखाई रहेका छन्।उनले युभेन्टसका लागि १०४ खेलमा ७४ गोल गरिसकेका छन्।