“मेस्सी बार्सिलोनाबाट कतै जाने छैनन्”

बार्सिलोनाका अध्यक्ष पदका उम्मेद्वार टोनी फ्रेक्साले मेस्सी अझै पनि बार्सिलोना मै रहन चाहेको कुरा बताएका छन्। तर यो सम्बन्धि छलफल छिटै हुनु पर्ने उनको भनाई छ।

गत सिजनको अन्तिममा मेस्सीले बार्सिलोना छाड्न चाहेको कुराले पूरा विश्व फुटबल गजत नै हल्लेको थियो। तर क्लबसँगको सम्बन्ध नाबिग्र्योस र क्लबसँग विवादमा उत्रन नचाहेको कुरा बताउँदै मेस्सीले एक सिजन बार्सिलोना मै बस्ने निर्णय गरका थिए। तर अझै पनि सिजनको अन्त्यमा मेस्सीले बार्सिलोना छाड्ने सम्भावना उच्च रहेको बताइन्छ। म्यानचेस्टर सिटीलाई उनको सम्भावित गन्तव्यको रूपमा हेरिएको छ।

तर, फ्रेक्सा भने मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता हस्तक्षर गर्नेमा विस्वस्त छन्। फ्रेक्साले क्याडेना एसईआरलाई भने: “मेस्सी बार्सिलोनाको लागि निकै महत्वपूर्ण छन् र रहनेछन्, मेरो इच्छा भनेको उनी बार्सिलोनामै रहून् भन्ने हो। तर एक दिन उनले जानु नै पर्छ। जुन दिन यो हुन्छ, आशा छ यो कहिले पनि हुँदैन।” उनले थपे: “मेस्सीको मुद्दा एक महत्त्वपूर्ण मुद्दा हो। स्थिति विश्लेषण गर्नुपर्नेछ र ठोस निर्णय लिनु पर्छ।”

यो सिजन मेस्सी आफ्नो उच्च लयमा नदेखिएता पनि उनले रोनाल्ड कोमनको प्रशिक्षणमा बार्सिलोनाको लागि ६ गोल र ४ असिस्ट योगदान दिएका छन्।

प्रकाशित : शुक्रबार, मङि्सर १२, २०७७१७:५५

“रोनाल्डो सबैका लागि उदारहरणीय खेलाडी हुन्”