नेपालको एक दिने औपचारिक भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेई फेङ्हेलाई जङ्गी अड्डामा नेपाली सेनाको टुकडीले सम्मानगारत अर्पण गरेको छ।
प्रधानसेनापतिसँगको शिष्टाचार भेटवार्ताको लागि नेपाली सेनाको हेडक्रवार्टर जङ्गी अड्डामा पुगेका रक्षामन्त्री फेङ्हेलाई नेपाली सेनाद्वारा गार्ड अफ अनर प्रदान गरिएको हो। प्रधानसेनापतिसँगको भेटवार्तासँगै फेंग्हेको डेलिगेशन टिम र नेपाली सेनाको टिमसँग सामूहिक छलफल हुने कार्यक्रम रहेको छ।
जंगी अड्डाको भेटघाट कार्यक्रम पश्चात रक्षा मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जानेछन्।
प्रधाानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ।
शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ता सकेर फेङहे आजै स्वदेश फर्केने कार्यक्रम छ।