पोर्चुगिज क्लब बेन्फिकाका प्रशिक्षक जर्जे जेससका अनुसार स्वर्गीय डिएगो म्याराडोना फुटबल इतिहास कै सर्वोत्कृष्ट खेलाडी भएको बताएका छन्। उनका अनुसार अहिलेको समयमा क्रिस्टियानो रोनाल्डोमा म्याराडोनामा भएको केहि गुण रहेको पनि बताए। तर लियोनल मेस्सीमा भने केहि पनि नभएको उनले बताए।
“क्रिस्टियानो रोनाल्डोमा डिएगो माराडोनाको जस्तो जोश छ”, पूर्व स्पोर्टिङ क्लबका बोस जर्जे जेसस भन्छन, “तर लियोनेल मेस्सीमा त्यस्तो केहि पनि छैन।”
“अहिलेको समयका विश्वको सर्वश्रेष्ठ दुई मध्ये क्रिस्टियानो रोनाल्डोसँग थोरै मात्र गुण छ जुन म्याराडोनामा थियो। मेस्सीसँग केहि छैन।” बेन्फिकाका प्रशिक्षकले पत्रकारसँग भने,”मेस्सीमा कुनै जोश छैन।”
“मेस्सी एक राम्रो खेलाडी हो। तर हामी खेल र फुटबलको लागि जोश भएको र भावनाहरूको बारेमा कुरा गरिरहेका छौं। मलाई लाग्छ यस कुरामा माराडोना भन्दा कोहि पनि माथि थिएनन्।”
उनले थपे: “माराडोना पेलेसँगै अहिलेसम्म कै सर्वश्रेष्ठ खेलाडी हुन्।” मेस्सी र रोनाल्डोलाई अहिलेको समयका दुई सर्वौत्क्रिष्ट खेलाडी मानिन्छ।