“राजनीतिक दलहरू आफैं सक्षम छन्, राजसंस्थाको खाँचो छैन”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राजसंस्था पुनर्स्थापनाको सपना कसैले नदेखेहुने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेकपा सचिवालय बैठक पश्चात पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा श्रेष्ठले जनताद्वारा विस्थापित शक्ति पुनर्स्थापना हुन भनेर कसैले सपना देख्न नहुने बताएका हुन्।

लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा केही कमजोरी देखिए पनि त्यसलाई सच्याउन राजनीतिक दलहरू सक्षम रहेको उनले बताए। प्रतिगामी शक्तिले प्रतिगमनको सफलता नपाउने उनको दावी छ।

“प्रतिगामी शक्तिले प्रतिगमनको सफलता नसोचे हुन्छ । लोकतन्त्रलाई सुदृढ गर्ने क्रममा केही कमजोरी भएका छन् भने त्यसको समीक्षा गरी अगाडि बढ्छौं। तर जनताद्वारा विस्थापित शक्तिले पुनःस्थापना हुने सोच नराखे हुन्छ ।”,उनले भने।

यस्तै श्रेष्ठले सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको बताएका छन्। उक्त बैठक बस्नु पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच संवाद अगाडि बढाउने निर्णय भएको उनले बताए। श्रेष्ठका अनुसार सचिवालय बैठक बुधबार दिउँसो १ बजे फेरि बस्नेछ।

प्रकाशित : मङ्गलबार, मङि्सर १६, २०७७१७:०८

रमेश प्रसाई विवाद वन्धनमा बाँधिदै, यी हुन् उनकी दुलही !