सुशान्त सिंह राजपूत र रिया चक्रवर्ती बने ‘मस्ट सर्चड् सेलिब्रिटी’, सोनू सूद ‘हिरा अफ द ईयर’ !

याहूले २०२० को आफ्नो रिभ्यू सूची जारी गरेको छ। यस सूचीमा सेलिब्रेटी देखि यस वर्षको बारेमा धेरै चर्चा भएका घटनाहरूको उल्लेख गरिएका छन्। यसैबीच, दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको नाम यस वर्षको सबैभन्दा बढी खोजी गरिएको पुरुषको सूचीको पहिलो नम्बरमा छ।

वास्तवमा, याहूको समीक्षा सूची अनुसार २०२० मा सुशान्त सिंह राजपूतको नाम सबैभन्दा बढी खोजी भएको छ। याहूका अनुसार सबैभन्दा धेरै अभिनेताको व्यतिगत जीवनको बारेमा खोजी भएको छ। याहूले सुशान्तलाई यस वर्ष भारतको सबैभन्दा खोजी भएका सेलिब्रिटीको दर्जा दिएको छ।

त्यस्तै, रिया चक्रवर्ती, जो सुशान्तको प्रेमिका थिइन्, उनी महिला वर्गमा शीर्ष स्थानमा छिन्। रिया चक्रवर्तीको नाम सुशान्त केसमा आएको थियो। अर्कोतर्फ, २०१७ पछि यो पहिलो पटक हो कि प्रधानमन्त्री नरेन्द्र मोदीले सूचीमा पहिलो स्थान प्राप्त गरेनन्। यस वर्ष प्रधानमन्त्री मोदी दोस्रो स्थानमा छन्।

मस्ट सर्चड् सेलिब्रिटी २०२०

१.सुशान्त सिंह राजपूत
२. अमिताभ बच्चन
३. अक्षय कुमार
४. सलमान खान
५. इरफान खान
६. ऋषि कपूर
७. एसपी बालासुब्रमण्यम
८. सोनू सूद
९. अनुराग कश्यप
१०. अल्लू अर्जुन

 

यस श्रेणीमा सोनू सूदलाई विशेष स्थान दिइयो, र ‘हिरो अफ द ईयर’ चुनियो।

मस्ट सर्चड् फिमेल सेलिब्रिटी २०२० 

१. रिया चक्रवर्ती
२. कंगना रणौत
३. दीपिका पादुकोण
४. सनी लियोनी
५. प्रियंका चोपड़ा
६. कटरीना कैफ
७. नेहा कक्कड़
८. कनिका कपूर
९. करीना कपूर खान
१०. सारा अली खान

प्रकाशित : बुधबार, मङि्सर १७, २०७७१९:३७

विवाहको बीचमै जब आदित्यको ‘पजामा’ फुट्यो …