सोमबार साढे ५ महिना यताकै सस्तो भएको सुनको मूल्य आज बढ्यो ! कति ?

काठमाडौँ – मङ्गलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ। मङ्गलबार तोलामा ५ सय रुपैंयाले बढेको सुनको मूल्य बुधबार पनि तोलामा ५ सयले नै बढेको हो।

तोलामा ५ सयले बढेसँगै छापवाला सुनको मूल्य ९१ हजार कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य पनि तोलामा ५ सयले बढेको छ। जससँगै तेजाबी सुनको मूल्य ९० हजार ५ सय ५० कायम भएको छ।

मङ्सिर लागेसँगै लगातार घटेको सुनको मूल्य दुई दिन देखि बढिरहेको छ। सोमबार सुनको मूल्य असार ५ गते यताकै सस्तो कायम भएको थियो। सोमबार १ सय ६४ दिन यताकै सस्तो भएको छापावाला सुनको मूल्य ९० हजार रुपैंया कायम भएको थियो भने तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैंयामा कारोवार भएको थियो।

मङ्गलबार भने सुनको मूल्य तोलामा ५ सय बढेको थियो। जससँगै छापवाला सुनको मूल्य ९० हजार ५ सय कायम भएको थियो भने तेजाबी सुनको मूल्य ९० हजार ५० रुपैंया कायम भएको थियो।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ३० रुपैंयाले बढेर १ हजार १ सय ८५ कायम भएको छ।

प्रकाशित : बुधबार, मङि्सर १७, २०७७११:०५

जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क पाउने !