भोलि मङ्सिर १८ गते बिहिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

विचारहरुमा छिटो परिवर्तनको कारणले गर्दा महत्वपूर्ण कार्यहरूमा अन्तिम निर्णय लिन सजिलो हुँदैन। कामको सन्दर्भमा यात्राको योग रहेको छ। लेखन कार्यको लागि दिन शुभ रहनेछ। कुनै पनि महिलाको साथ झगडामा नपर्नुहोस्। बौद्धिक तथा तार्किक विचार आदानप्रदान हुनसक्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अन्वाश्यक वाद-विवादमा नपर्नुहोला। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। दिन लेखक, कलाकार र सल्लाहकारहरूका लागि धेरै अनुकूल छ। यस दिन कुनै नयाँ काम सुरु नगर्नुहोस्। परिवारमा नकारात्मक वातावरण रहन सक्छ। कार्यक्षेत्रमा परिस्थिति अनुकूल नै रहला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यस दिन आर्थिक दृष्टिकोणबाट लाभदायक हुनेछ। स्वादिष्ट एवम उत्तम भोजनका साथै सुन्दर वस्त्र पाउँदा मन प्रशन्न रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। अत्यधिक पैसा खर्च हुनसक्छ। उपाहार पाएर तपाईं खुसी हुनुहुनेछ। निषेधित विचारहरूलाई दिमागमा नराख्नुहोस्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आफन्तसँग मनमुटाव हुनसक्छ। परिवारको कामको लागि खर्च हुन सक्छ। तपाईंको बोली नियन्त्रण गर्नुहोस्। तपाईंको स्वास्थ्यको ख्याल राख्नुहोस्। मानहानि तथा धनहानि हुनसक्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

साथी तथा महिला मित्रहरूबाट लाभ गर्न मिल्ने सम्भावना छ। रमणीय यात्राको सम्भावना छ। व्यापारमा आर्थिक लाभको योग छ। मानसिक अशान्ति रहन सक्छ। कुनै महत्वपूर्ण निर्णय लिनको लागि दिन शुभ छैन। हातमा आएको अवसर पनि जान सक्छ, सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको लागि यस दिन दिन शुभ फलदायी रहनेछ। नयाँ कार्य आयोजना गरिनेछ। व्यापारी र रोजगार भएका मानिसहरूका लागि दिन शुभ नै रहनेछ। व्यापारमा लाभ र पेशामा पदोन्नतिको योग छ। परिवारमा आनन्दमय वातावरण रहनेछ। बुबाबाट लाभ मिल्नसक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

व्यापार क्षेत्रमा नाफाको सम्भावना छ। रोजगार तथा व्यवसायमा सहयोगीहरूबाट पूर्ण समर्थन हुने छैन। लामो यात्रा वा धार्मिक स्थल भ्रमणको आयोजन गर्न सकिन्छ। तपाईंले शारीरिक अस्वस्थता अनुभव गर्नुहुनेछ। तपाईं लेखन तथा बौद्धिक क्षेत्रमा सक्रिय हुनुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

नयाँ कार्यहरूमा असफलताको सम्भावना देखिन्छ, त्यसैले कुनै नयाँ काम सुरू नगर्नुहोस्। क्रोधमा संयम राख्नुहोला। सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोस्। खर्च बढेको कारण आर्थिक संकट आउन सक्छ। कार्यक्षेत्रमा असामय अनुकूल नरहला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

विपरित लिङ्गी प्रति आक्स्र्शन बढ्नेछ। साथी-भाईसँग रमणीय यात्राको आयोजना हुनसक्छ। लेखन कार्यको लागे दिन शुभ रहनेछ। व्यापार व्यवसाय क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापार व्यवसायमा बिस्तार हुनेछ। व्यवसाय क्षेत्रमा तपाईं आफ्नो योजना अनुसार काम गर्न सक्षम हुनुहुनेछ। आर्थिक लेनदेनमा पनि सफलता पाउनुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ। घरमा सुख-शान्त वातावरण रहनेछ। व्यापार सम्बन्धित काममा बाधा आउनसक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईंको बोली र विचार तुरून्त परिवर्तन हुनेछ। तपाई बौद्धिक छलफलमा सामेल हुनुहुनेछ। लेखन कार्य र रचनात्मक प्रवृत्तिबाट आनन्द प्राप्त गर्नुहुनेछ। आकस्मिक खर्च हुने सम्भावना छ। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी पेट सम्बन्धि समस्याले सताउन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। शारीरिक तथा मानिसक अस्वस्थताको अनुभव हुनेछ। धनहानि तथा मानहानि हुने सम्भावना छ, सजग रहनुहोला। अप्रिय घटनाहरूले तपाईंको दिमागलाई विचलित गर्न सक्छ। तपाईंमा उत्साह र स्फूर्तिको अभाव रहला।

प्रकाशित : बुधबार, मङि्सर १७, २०७७१९:३१

भोलि मङ्सिर १९ गते शुक्रबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !