कपाल झर्ने समस्याले हैरान हुनुहुन्छ ? प्रयोग गर्नुहोस् यस्ता घरेलु उपाय !

अहिलेको समयमा कपाल झर्ने समस्या एक सामान्य समस्या भएको छ। व्यस्त जीवनशैली र बढ्दो प्रदुषणक कारण बच्चा देखि बुढासम्म यो समस्याबाट पीडित छन्। यस्तोमा केहि घरेलु उपायको प्रयोग गरेर कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।

केहि घरेलु उपचारहरू थाहा पाउनुहोस् ….

मेथी र एलोभेरा 

मेथीको पाउडरमा एलोभेरा र पानी मिक्स गर्नुहोस् र यसको लेप तयार गर्नुहोस्। तयार भएको लेप लगाउनुहोस्। अब १५-२० मिनेटको लागि त्यसै छोड्दिनुहोस्। त्यसपछि, राम्रोसँग कपाल धुनुहोस्। नियमित रूपमा यो उपाय प्रयोग गर्नाले निकै फाइदा मिल्छ।

नीम र कपुर 

चायाँबाट छुटकारा पाउनको लागि नीमको तेलमा कपुर मिक्स गर्नुहोस् र उक्त मिश्रणले टाउकोको मालिश गर्नुहोस्। यसो गर्नाले चायाँ हट्नुका साथै कपाल मजबूत र चमकदार पनि हुन्छ।

कागती र दही 

दहीमा कागतीको रस मिलाएर यसलाई राम्रोसँग मिक्स गर्नुहोस्। अब उक्त मिश्रण आफ्नो कपालमा लागू गर्नुहोस् र केहि समयको लागि त्यत्तिकै छोड्दिनुहोस्। अब सफा पानीले राम्रोसँग कपाल घुनुहोस्।  यसो गर्दा कपाल झर्ने समस्याबाट छिटै छुटकारा पाउन सकिन्छ।

प्रकाशित : बुधबार, मङि्सर १७, २०७७१९:३१

वजन घटाउने देखि यस्ता-यस्ता समस्याका लागि रामबाण हो बिरे नुन, यसरी गर्नुहोस् प्रयोग !