काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पौडेललाई प्रहरीले उनको गृहजिल्ला तनहुँबाट नियन्त्रणमा लिएको हो।

व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा विवाद भएपछि प्रदर्शन भएको र सो क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ। नेता पौडेलले आफू पक्राउ परेको बारे सामाजिक स्नाजल मार्फत जानकरी गराएका छन्।

“भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !”,आफू पक्राउ परेको बारे जानकारी गराउँदै पौडेलले सामाजिक संजालमा लेखेका छन्।

भर्खर प्रहरी परिचालन गरि मलाई र तनहुँ जिल्ला कार्यबाहक सभापति जित प्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु ।
साधारण…

Posted by Ram Chandra Paudel on Wednesday, December 2, 2020

प्रकाशित : बुधबार, मङि्सर १७, २०७७१५:३९

गृह मन्त्रालय एक्सनमा, एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित !