काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। बिहिबार दिउँसो राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको बताइएको छ।
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र चरम विवाद छ। अध्यक्षद्वय ओली र प्रचण्ड बीच आरोप-प्रत्यारोप चलिरहेका बेला राष्ट्रपतिसँगको भेटलाई महत्वका साथ हेर्ने गरिएको छ। तर, शितल निवासले भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट नियमित भएको बताएको छ।
यस्तै प्रधानमन्त्री ओलीले बिहिबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार बस्न नसकेको मन्त्रिपरिषद बैठक आज ४ बजे बस्न लागेको बालुवाटार श्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् ।
डिसेम्बर ३ र ४ तारिख(आज र भोलि) हुने ३१ औं विशेष महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासभाको प्रोटोकल अनुसार प्रधानमन्त्री अोलीको अडियो र भिडियो रेकर्ड गरेर पठाइसकिएको छ। महासभामा अनुभव आदानप्रदानसहित कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, कोरोना विरुद्धको खोप लगायतका विषयमा छलफल हुनेछ।