“प्रधानमन्त्री रहने भए ओलीले अध्यक्ष छाड्नैपर्छ”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अध्यक्ष वा प्रधानमन्त्री पद छाड्न वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

बिहिबार राजधानीमा भएको एक साक्षात्कारमा बोल्ने क्रममा पौडेलले अध्यक्ष र प्रधानमन्त्री पद मध्ये एक छाड्न धानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका हुन्। ओलीसँग अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छाड्नेबाहेक कुनै पनि विकल्प नरहेको उनले दावी गरे।

ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छाड्नुपर्ने उनको भनाई छ। अध्यक्ष ओली पार्टीको विधान र पद्धतिअनुसार अगाडि बढेको खण्डमा पार्टी भित्र रहेका सम्पूर्ण विवाद समाधान हुने पनि उनले बताए। पार्टी भित्र रहेका विवादलाई गम्भीर रुपमा लिएर समाधान गर्न तर्फ लाग्न ओलीलाई उनको आग्रह छ।

“ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन।”,उनले भने,”पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भुमिका खेल्नुपर्छ।”

पार्टी भित्रको विवादले पार्टी मात्र नभई देशलाई पनि असर गरेको हुँदा त्यसको सक्दो छिटो निकास खोज्नुपर्ने उनको भनाई छ। पार्टीले सरकार चलाउने कुरालाई स्वीकार गर्ने ओलीलाई पौडेलले आग्रह गरे।

“नेकपा विवादले संकटपूर्ण अवस्था सृजना गरेको छ। पार्टीको विवाद साम्य पार्न उहाँले भूमिका खेल्नु पर्छ।”,उनले भने,”उहाँले पार्टीको निर्णय मान्ने हो भने धेरै समस्या समाधान हुन्छन्।

प्रकाशित : बिहिबार, मङि्सर १८, २०७७१६:२२

जब धनगढीमा अवतरण भएको विमान भित्रै ७० यात्रु थुनिए …