न्युरोड जाँदा ट्याक्सीमै छुट्यो दुई लाख पचास हजार, चालक आफैं पुगे पैसा फिर्ता गर्न !

उपत्यकामा सञ्चालित कुलबहादुर श्रेष्ठको बा २ ज ४१५५ नम्बरको ट्याक्सीमा छोडिएकोे दुई लाख ५० हजार रुपैयाँ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले बिहीबार महाशाखामा सम्बन्धित रकम धनी विवेक खड्कालाई हस्तान्तरण गर्दै ।

काठमाडौँ – काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ ।

उपत्यकामा सञ्चालित बा२ज ४१५५ नंको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गरेका हुन् ।
खड्का आज बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफैं पैसा फिर्ता गर्न महाशाखा पुगेका थिए ।

चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६११:०७

यमनमा ड्रोन र ब्लालिस्टिक क्षेप्यास्त्र आक्रमण, १७ प्रहरीको मृत्यु !