आज मात्र नभई बलिउडमा लामो समयदेखि अभिनेत्रीले आफ्नो अभिनय र सुन्दरताले सबैको मन जित्न सफल भएका छन् । ९० दशकको अभिनेत्रीको कुरा गर्दा बुढो होस् वा बच्चा सबैको अनुहारमा मुस्कान आउँछ । ९० को दशकको अभिनेत्री अहिले पनि त्यति नै सुन्दर छन् जति पहिले थिए । यस रिपोर्टमा हामी तपाईलाई बताउँछौ ९० को दशकको चार अभिनेत्री जसको लुक्स बदलिएको छ ।
ऐश्वर्या राय बच्चन
ऐशको नामबाट चर्चित विश्व सुंदरी ऐश्वर्या राय बच्चनको सुन्दरताको चर्चा देशमा मात्र नभई विदेशमा पनि रहेको छ । आज पनि सुन्दरताको कुरा गर्दा ऐश्वर्या रायको नाम लिस्टमा आउँछ । ऐश्वर्या राय बच्चनले फिल्ममा काम गर्न छोडेकी छन् । तर सोशल मीडियामा ऐशको तस्विर भने भाइरल भईरहन्छ।
करिश्मा कपूर
९० को दशकमा हरेकलाई मुग्ध बनाउने करिश्मा कपूर अहिले पनि त्यसति सुन्दर छिन् जति पहिले थिइन् । तर अहिले भने उमेरको असर थोरै देख्न थालेको छ । बलिउडमा चर्चित र सुपरहिट फिल्म दिने अभिनेत्री आफ्नो निजी कारणले चर्चामा रहन्छिन् । करिश्मा कपूरको बिहे संजय कपूरसँग भएको थियो तर यी दुई अहिले छुट्टी सके । करिश्मा छिट्टै वेब सीरीज मेंटलहुडमा देखिनेछिन् ।
माधुरी दीक्षित
धक धक गर्ल माधुरी दीक्षितलाई अहिले पनि लाखौँ करोडौँले मन पराउँछन् । माधुरी दीक्षित डान्सले मात्र नभई सुन्दरताको कारण पनि चर्चामा रहन्छिन् । माधुरी अहिले पनि टिभी र फिल्म जगतमा सक्रिय रहन्छिन् । सोशल मीडियामा पनि माधुरी आफ्नो तस्विर शेयर गरिरहन्छिन् ।
काजोल
काजोललाई बलिउडको चर्चित अभिनेत्रीको रुपमा चिनिन्छ । काजोल सोशल मीडियामा निकै सक्रिय रहन्छिन साथै फिल्ममा पनि रहन्छिन् । हालै काजोल श्रीमान अजय देवगनसँग फिल्म तानाजी द अनसंग वारियरमा देखिएकी थिइन् । फिल्मले २०० करोडभन्दा धेरै कमाई गरेको थियो ।