काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राज्यप्रणाली तथा निर्वाचन प्रणाली परिवर्तन गर्न माग गरेका छन्।
वर्तमान सरकार विरुद्ध जनआक्रोश बढिरहेको अवस्थामा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीटर मार्फत वर्तमान राज्यप्रणाली तथा निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भइसकेको बताएका हुन्।
वर्तमान सरकारको संकट, भ्रष्टाचारको नयाँ रेकर्ड, जनताको असन्तुष्टी लगायतलाई मध्यनजर गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद प्रणाली तर्फ लाग्नुपर्ने भट्टराईको भनाई छ। निर्वाचन प्रणाली परिवर्तन गर्दा चुनावी खर्चकटौति हुनुका साथै सबै समुदायको प्रतिनिधित्व बढाउने भट्टराईको विश्लेषण छ।
“ऐले २/३सरकारको संकट, भ्रष्टाचारको नयाँ रेकर्ड, जनताको असन्तुष्टी, प्रतिगामीहरूको ताउरमाउरको एउटै दिगो इलाज हो: प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली(जसले सक्षम/स्थीर नेतृत्व दिनेछ)+पूर्ण समानुपातिक संसद(जसले सबै समुदायको प्रतिनिधित्व,चुनावी खर्चकटौति गर्नेछ)!सबैलेआँट गरौं!”,ट्वीटरमा भट्टराईले लेखेका छन्।
ऐले२/३सरकारको संकट,भ्रष्टाचारको नयाॅ रेकर्ड,जनताको असन्तुष्टी,प्रतिगामीहरूको ताउरमाउरको एउटै दिगो इलाज हो:प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली(जसले सक्षम/स्थीर नेतृत्व दिनेछ)+पूर्ण समानुपातिक संसद(जसले सबै समुदायको प्रतिनिधित्व,चुनावी खर्चकटौति गर्नेछ)!सबैले आॅट गरौं!
— Baburam Bhattarai (@brb1954) December 5, 2020