सिंह राशि
- आर्थिक हिसाबले सिंह राशिका लागि यो वर्ष धेरै शुभ रहनेछ। रोकिएका कार्य सम्पन्न हुनेछन्। जग्गा, जमीनमामा लगानी गर्दा राम्रो लाभ मिल्नेछ। कामको बोझ बढ्नेछ। मे देखि अक्टोबरको महिनामा कुनै ठुलो लगानीको बारेमा नसोच्नुहोस्। अन्त्यथा, घाटा हुने सम्भावना उच्च छ। आर्थिक अवस्था वर्षको अन्तिम महिनाहरूमा अझ राम्रो हुँदै जानेछ।
- करियरको हिसाबले कर्यक्षेत्रमा सफलता प्राप्त हुनुका साथै थुप्रै नयाँ अवसरहरु प्राप्त हुनेछ। यस वर्ष नयाँ परियोजनाहरू र नयाँ व्यक्तिहरूसँग काम गर्ने अवसर मिल्नेछ। त्यस्तै, रोजगारीमा रहेका व्यक्तिहरूको यस वर्ष राम्रो तलब र पदोन्नतीको साथ सुरु हुनसक्छ। अक्टोबरपछिको समय तपाईंको लागि काम परिवर्तन गर्न धेरै उपयुक्त हुनेछ।
- पारिवारिक जीवनको बारेमा कुरा गर्दा यस वर्ष त्यति खास नरहला। वर्षको अन्त्यमा घरमा कुनै उत्सव आयोजना गर्न सकिन्छ। घरमा कुनै नयाँ पाहुनाको आगमनले खुशीको वातावरण सिर्जना गर्दछ। यो वर्ष प्रेम र विवाहको मामलामा मिश्रित रहनेछ।
- वैवाहिक जीवानमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। स्वास्थ्य दृष्टिकोणबाट तपाईले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ।