६१ वर्षीय महिलाले जन्माईन आफ्नै नातिनी

अमेरिकाको नेब्रेस्कामा एक महिलाले आफ्नो समलिङ्गी छोरा र उनको श्रीमान्‌को सरोगेट आमा बन्दै आफ्नै नातिनीलाई जन्म दिएकी छिन्।

बीबीसीका अनुसार सेसेल एलेड्ज नामक ६१ वर्षीय महिलाले नौ महिनासम्म आफ्नै पेटमा हुर्काएर छोरा म्याथ्यु र इलिएट डोथ्रीका लागि गत हप्ता उमा लुइसलाई जन्म दिएकी हुन्। “शुरूमा सबैले हाँसोमा उडाए,” उनले बीबीसीसँग कुरा गर्दै भनिन्।

छोरा र उनको श्रीमान्‌ले आफ्नै परिवार शुरू गर्ने चाहना राखेपछि आफू सरोगेट आमा बन्ने प्रस्ताव राखेको कुरा उनले बताइन्। जब उनका छोरा एलेड्ज र डोथ्रीले बच्चा जन्माउने विभिन्न तरिका र उपायहरू खोज्न थाले तब एक चिकित्सकले सेसेलको प्रस्ताव ठिक रहने बताए।

डिम्ब दान गर्ने लिया य्रीबसँग परिवार

त्यसको लागि, सेसेलका छोराले वीर्य र छोराको श्रीमान्‌को बहिनीले डिम्ब दान गरे। तीन सन्तानकी आमा एलेड्जका लागि गर्भावस्था सामान्य नै रहेको थियो। जन्मको एक सातापछि एलेड्जले आफू र उमाको स्वास्थ्य राम्रो रहेको बताएकी छन्।

प्रकाशित : आइतबार, मङि्सर २१, २०७७१९:०९

सडकमा हिडिरहेकी महिला माथिबाट गुज्रियो ट्रक, त्यसपछि जे भयो सबै चकित परे ! [भिडियो सहित]