कन्या राशि
- यस वर्ष कन्या राशिका मानिसको आर्थिक स्थिति पहिले भन्दा मजबूत हुनेछ। वर्षको बीचमा जमिन तथा घर किन्नु तपाईंको लागि लाभदायक हुनेछ। व्यापारमा नाफा र दिएको ऋण फिर्ता आउनाले तपाईंको आर्थिक अवस्थालाई अझ राम्रो बनाउँदछ। अक्टोबर महिनादेखि आर्थिक लाभको राम्रो सम्भावना छ। व्यर्थको खर्च पनि हुनसक्छ।
- कार्यक्षेत्रमा प्रगतिको अवसर प्राप्त गर्नुहुनेछ। वर्षको बीचमा कन्या राशिका मानिसहरूले कुनै नयाँ कार्य सुरु नगर्नुहोला। यस अवधिमा घाटा हुने सम्भावना छ। रोजगारी गर्ने मानिसले कार्यक्षेत्रमा केहि समस्या आइपर्न सक्छ।
- यो वर्ष कन्या राशिका मानिसको परिवारका लागि उत्तम हुनेछ। परिवारमा केहि समस्या चलिरहेको भएपनि यस वर्ष आपसी प्रेम बढ्नेछ। वर्षको अन्त्यमा घरमा धार्मिक आयोजना हुने सम्भावना छ। प्रेम सम्बन्धमा मधुरता रहनेछ।
- वैवाहिक व्यक्तिको लागि यो वर्ष मधुर सम्बन्धको सुरुवात हुनेछ। तर वर्षको मध्यमा आपसी तनाव बढ्न सक्छ, जसको कारण मानसिक तनाव बढ्नसक्छ। वर्षको अन्त्यमा फेरी सम्बन्धमा मिठास आउनेछ। स्वास्थ्यको हिसाबले यस वर्ष मिश्रित रहनेछ।