ला लिगामा बार्सिलोनाको ३२ वर्ष यताकै खराब अवस्थामा …

ला लिगाको शनिबार रातिको खेलमा काडिज विरुद्धको खेलमा २-१ ले पराजित भएसँगै बार्सिलोनाले लिगमा ३२ वर्ष यताकै खराब सुरुवात गरेको छ। शनिबारको हारसँगै बार्सिलोनाले १९८७-८८ सिजन यताकै खराब सुरु वाट गरेको हो।

रोनाल्ड कोमनको प्रशिक्षणमा रहेको बार्सिलोनाको खेलबाट १४ अंक छ। हिजोको हारसँगै बार्सिलोना शिर्ष स्थानको एथ्लेटिको म्याड्रिड भन्दा १२ अंकले पछि परेको छ। पछिल्लो ३ खेलमा उत्कृष्ट प्रदर्शन गरेको बार्सिलोना काडिज विरुद्ध भने आफ्नो जादू देखाउन सकेन।

“हामीले दोस्रो गोल त्यस्तो तरिकाले व्यहोर्न सक्दैनौं। यो एकाग्रताको अभाव हो। के भयो भनेर व्याख्या गर्न गाह्रो छ किनकि हामीले यो हप्ता राम्रो खेल्दै आएका थियौं,” कोमनले पोष्ट म्याचको क्रममा भने। ” हामीले पहिलो हाफमा राम्रो खेलेनौं। राम्रो अवसर सदुपयोग भएन। दोस्रो हाफमा थोरै सुधार भएको थियो”, उनले भने।

आउँदो सोमबार लेभान्तेसँगको खेल अघि च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले ९ अक्टोबरमा युभेन्टससँग खेल्नेछ।

प्रकाशित : आइतबार, मङि्सर २१, २०७७१९:०७

लिभरपुलको सानदार जित