यस्ता युवतीसँग विवाह नगरेकै राम्रो …

कुनै पनि मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण निर्णय हुन्छ विवाह। विवाहपछि आफ्नो जीवनसाथीसँग राम्रो सम्बन्ध भएन भने हाम्रो जीवन नै बर्बाद भएको घटना पनि प्रशस्त देख्न सकिन्छ। त्यसैले, जीवनसाथी छनौट गर्ने कुरामा कुनै जोखिम लिने सोच्न सक्दैनौं। यस्तोमा आफूले जीवनसाथी छनौट गर्दा विभिन्न कुरामा ख्याल राख्नु जरूरी हुन्छ।

 

विशेषगरी पुरुषले यस्ता महिलासँग कहिले पनि विवाहिक सम्बन्ध गाँस्नु हुँदैन।

प्रेम सम्बन्धमा रहेकी युवती 

आजको समयमा प्रेम सम्बन्ध भनेको सामान्य कुरा भएको छ। यस्तोमा, अरु कसैसँग प्रेम सम्बन्धमा रहेकी युवतीसँग विवाह गर्नु भनेको आफ्नो समस्या आफैं निम्त्यानु जस्तै हो। यस्तो अवस्थामा महिला र पुरुष एक-अर्कासँग खुसीसँग जीवन बिताउन सक्दैनन्।

नजिकको नाता पर्ने युवती 

कुनै पनि नजिकको नाता पर्ने महिनासँग विवाह गर्नु पनि राम्रो मानिँदैन। अझ नेपाली समाजमा त यस्ता कुरालाई अस्वीकार्य नै मानिन्छ। यस्तो सम्बन्धले जीवनमा विभिन्न समस्या निम्त्याउने काम बाहेक केहि गर्दैन।

रुखो बोली र अपशब्द बोल्ने युवती 

रुखो बोल्ने र अपशब्द बोल्ने तथा गाली गलौज गर्ने युवतीसँग जति टाढा बस्न सक्यो त्यति नै राम्रो हुन्छ। यस्ता महिलाका कारण परिवारमा समस्या तथा कलहको स्थिति उत्पन्न हुनुका साथै आफन्तसँग पनि सम्बन्ध बिग्रिने सम्भावना हुन्छ।

अल्छी 

अल्छी युवतीसँग पनि नाजोड्नु नै राम्रो हुन्छ। त्यस्ता युवतीले आफ्नो तथा परिवार प्रतिको जिम्मेवारी राम्रोसँग निभाउन सक्दैनन्। जसको कारण दाम्पत्य तथा पारिवारिक जीवनमा मनमुटावको स्थिति सिर्जना हुने सम्भावना उच्च हुन्छ।

प्रकाशित : आइतबार, मङि्सर २१, २०७७१९:०६

६१ वर्षीय महिलाले जन्माईन आफ्नै नातिनी