भोलि मङ्सिर २३ गते मंगलबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

उग्र स्वभाव र जिद्दीपनमा संयम राख्न जरूरी देखिन्छ। शरिरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। अधिक श्रम पश्चात पनि कम सफलताले निराशा निम्त्याउँछ। पेट सम्बन्धि समस्याले सताउन सक्छ। सरकारी काममा सफलता मिल्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंले सबै कार्य दृढ आत्मविश्वास र बलियो मनोबलको साथ गरेर सफलता प्राप्त गर्नुहुनेछ। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ। विद्यार्थी वर्गको लागे दिन अत्यन्त शुभ रहनेछ। सन्तानको लागि खर्च हुनेछ। स्वास्थ्य सामान्य रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। भाग्यवृद्धिको योग रहेको छ। छोटो यात्राको सम्भावना छ। भाई-बहिनी तथा मित्रसँग आनन्दमय समय बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातवरण रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

नकारात्मक व्यवहारले तपाईंको मनमा ग्लानिको भावना जगाउँन सक्छ। आँखा सम्बन्धि समस्या देखा पर्न सक्छ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। खर्च बढ्नेछ। कामको सम्बन्धमा सन्तुष्टिको भाव उत्पन्न हुनेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल छैन।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कुनै पनि कामको सन्दर्भमा विश्वाससहित द्रुत निर्णय लिन सकिन्छ। बुवा तथा अग्रजको साथ सहयोग प्राप्त हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी पेट र टाउको सम्बन्धि समस्याले सताउन सक्छ। वैवहिक जीवन सुखमय रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

अनावश्यक झै-झगडा हुनसक्छ। शारीरिक तथा मानसिक रूपले तपाईं अस्वस्थ रहनुहुनेछ। आफन्त तथा साथी-भाईसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। आकस्मिक खर्च हुने सम्भावना छ। धार्मिक कार्यमा संलग्न हुने मौका मिल्नेछ। कार्यक्षेत्रमा समय अनुकूल नरहला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

साथी-भाईसँग रमाइलो यात्रामा जाने अवसर प्राप्त हुनेछ। परिवारमा आनन्दको वातावरण रहनेछ। पत्नी तथा छोराबाट लाभ मिल्ने सम्भावना छ। आयमा वृद्धि हुने देखिन्छ। व्यापार व्यवसाय क्षेत्रमा पनि लाभ मिल्नसक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

गृहस्थजीवन सुखमय रहनेछ। घरमा खुशीको वातावरण हुनेछ। हरेक कार्यसरलताका साथ सम्पन्न हुनेछ। व्यापारमा लाभ मिल्ने सम्भावना छ। आयका स्रोत बढ्नेछन्। स्वास्थ्य राम्रो रहनेछ। सामाजिक क्षेत्रमा मान-प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आफ्नो स्वाथ्यको विशेष ख्याल राख्नुहोला। काममा उत्साहको अभाव हुनेछ। सन्तानको बारेमा चिन्ता रहनेछ। व्यापार व्यवसायमा समस्या आउनसक्छ। कार्यक्षेत्रमा मिल्नाले मन चिन्तित रहनसक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

क्रोधमा संयम राख्नुहोला। मनमा नकरात्मक भावना उत्पन्न हुनसक्छ। कार्यक्षेत्रमा सहकर्मीसँग मनमुटाव हुनासक्छ। अत्यधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर हुनेछ। नयाँ सम्बन्ध स्थापित गर्नु राम्रो नहोला। खानपानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्य बिग्रन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईंको आत्मविश्वास बढ्नेछ जसको कारण कार्य सफलता सजिलो हुनेछ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। रमणीय यात्राको योग बन्ने देखिन्छ। सार्वजनिक जीवनमा मन-सम्मान बढ्नेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीबाट लाभ होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। वाणी तथा क्रोधमा संयम राख्नुहोला। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। शारीरिक तथा मानिसक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। कार्यक्षेत्रमा समय अत्यन्त शुभ रहनेछ।

प्रकाशित : सोमबार, मङि्सर २२, २०७७१८:३५

भोलि मङ्सिर २४ गते मंगलबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !