वार्षिक राशिफल: धनु राशिको लागि कस्तो रहला वर्ष २०२१ ?

धनु राशि 

  • धनु राशिका व्यक्तिहरूले धन कमाउन वर्षभर कडा परिश्रम गर्नुपर्नेछ, त्यसपछि मात्र सफलता प्राप्त हुनेछ। कुनै ठाउँमा धन निवेश गर्नु परेमा राम्रोसँग सोच बिचार गरेर मात्र निर्णय लिनुहोला। परिवारमा खर्च बढ्नाले मानसिक तनाब बढ्नसक्छ। वर्षको अन्त्यमा आकस्मिक धन लाभ मिल्ने सम्भावना छ।

  • व्यापार व्यवसाय बिस्तार हुनेछ, जसको कारण आयमा वृद्धि हुनेछ। अनावश्यक साना यात्रा त्याग्न आवश्यक छ अन्यथा तनावका साथ खर्च बढी हुनसक्छ। पदोन्नतिको योग रहेको छ।

  • पारिवारिक जीवनको कुरा गर्दा २०२१ को सुरुवात धनु राशिको लागि राम्रो हुनेछैन। परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। समयसँगै परिवारका सदस्य बीच अपसी सम्बन्ध सुधार हुनेछ।

  • वैवाहिक जीवनको कुरा गर्दा धनु राशिका मानिसको लागि यस वर्ष शुभ छैन। जीवनसाथीसँग मदभेद हुनसक्छ। स्वास्थ्यको हिसाबले यस वर्ष अनुकूल रहनेछ। बिरामी मानिसको स्वास्थ्यमा सुधार आउने देखिन्छ। तपाईंको स्वास्थ्य यस वर्ष अझ राम्रो हुनेछ र जीर्ण रोगबाट पनि राहत पाउनुहुनेछ।
प्रकाशित : बिहिबार, मङि्सर २५, २०७७११:२३

के हो पाप र पुण्य ? जान्नुहोस् १० पापी कर्म र १० पुण्य कर्म !