दूधलाई भुलेर पनि नउमाल्नहोस् लामो समय सम्म, यस्तो छ कारण !

अधिकांशलाई थाहा भएकै कुरा हो  दहि दुधको सेवन गर्नु स्वास्थ्यका लागि प्रभावकारी रहेको छ त्यसैले गर्दा हामी दुध सेवन गर्नका लागि गाई भैसी पाल्ने गर्दछौं। घरमा गाईबस्तु पाल्नुको एउटा मात्र उदेश्य दुग्धजन्य पदार्थको प्रयोजनका लागि हो।  दूधलाई पौष्टिक तत्वले भरपुर ,सफा तथा स्वस्थ पेय पदार्थको रुपमा लिने गरिन्छ।  दुधमा प्रसस्त मात्रामा क्यालिसयम, बोसो, प्रोटिन, फास्फोरस, विटामिन बी १२ , भिटामिन ए तथा राइबोˆलेविन जस्ता थुप्रै स्वस्थ्यबर्द्धक पौष्टिक तत्व पाइन्छ जसको सेवनले शरीरमा विभिन्न प्रकारका रोगहरु संग लड्ने क्षमता राख्दछ।

तर दूधलाई उमल्दा यी र यस्ता प्रकारका पौष्टिक तत्व नष्ट हुने भएकाले सकेसम्म निकै कम समय लगाएर दुध उमाल्नु राम्रो मानिन्छ।  दुधमा भएका सानासाना जीवाणुहरुलाई नष्ट गर्ने अभिप्रायले अक्सर अधिकांसले दुधको सेवन उमालेर गर्ने गरेका छन।  यसलाई बारम्बार उमल्नाले यसमा भएको पौष्टिक तत्व पूर्ण रुपमा नष्ट भई स्वास्थ्यमा नकारात्मक असर पुर्याउछ।

पछिल्लो समयमा समस्यामा आएको कुरा के हो भने शहरी क्षेत्रमा भरपुर मात्रामा पाइने पोषण तत्व नपाइने भएको हुनाले लामो समय उमाल्नु पर्ने बाध्यता हुन सक्छ। साथमा व्यवसायिक दुग्धजन्य उत्पादन गर्ने हेतुले गाई बस्तुको खानपानमा अनियमितता हुने भएकाले किटाणु नष्ट गर्न लामो समयमाउमाल्दा त्यसमा भएको पौष्टिक तत्व नष्ट हुन जान्छ।

दूधलाई लामो समय उमल्दा के हुन्छ?

एक अध्ययनका अनुसार लामो समयसम्म दुध उमल्नाले दुधमा भएको पौष्टिक तत्व नष्ट नाश हुन्छ भन्ने कुरा थोरैलाई मात्र जानकारी भएको कुरा पत्ता लागेको छ। दुध उमल्नाले स्वादिलो र पोषिलो हुने मान्यता अनुसार पौष्टिक तत्व पूर्ण रुपले नष्ट हुने भएकाले सके सम्म थोरै समय दुध उमाल्नु आवश्यक हुन्छ।

दूध उमाल्दा ध्यान दिनुपर्ने कुरा:

दूधलाई सकेसम्म कम उमाल्नु पर्छ यदि लामो समय उमालेको खण्डमा पौष्टिक तत्व नास हुन्छ , त्यसैले कम्तिमा पनि दूधलाई ३/४ मिनेट भन्दा बढी समय नउमाल्दा नै राम्रो हुने गर्छ। यसै कारणले गर्दा दूधलाई सकेसम्म धेरै बेर सम्म नतताउनु नै प्रभावकारी हुने छ।

प्रकाशित : सोमबार, मङि्सर २२, २०७७१७:१५

भुलेर पनि गर्भावस्थामा नगर्नुहोस यी १० गल्ति, जानीराखौ!