भुलेर पनि गर्भावस्थामा नगर्नुहोस यी १० गल्ति, जानीराखौ!

एजेन्सी, गर्भावस्थाको समय महिलाहरुले आफ्नो खानपानको विशेष ख्याल राख्नुपर्दछ । यसको कारण यो हो कि गर्भवती स्त्रीले जे खान्छिन्, त्यसको असर उनको बच्चामा पनि पर्दछ । स्वस्थ शिशुको लागी आवश्यक छ कि आमाहरुले यस समय आफ्नो खानपानमा नियन्त्रण राख्नु पर्ने हुन्छ । गलत आहाराको सेवनले आमालाई मात्र समस्या नभएर शिशुको शारीरिक र मानसिक विकास  पनि प्रभावित हुन सक्छ । यहा सम्म कि केहि आहार यस्ता पनि हुन्छन् जसको सेवनले गर्भपतनको खतरा पनि बढ्दछ । त्यसैले हरेक गर्भवती स्त्रीको लागी गर्भावस्थाको समय खानपानमा यि १० नियमको पालना गर्नु आवश्यक हुन्छ ।

गर्भावस्थामा  खानपानमा अवश्य अपनाउनु होला यि १० सावधानी :

  • चिया र कफीको सेवन कम गर्नु आवश्यक छ । सकेसम्म नखानु नै राम्रो हुन्छ । यसमा रहेको क्याफिन नामक तत्व समय भन्दा पहिला शिशुको जन्म (प्रिम्याच्योर डेलीभरी) र गर्भपतनको कारण बन्न सक्छ ।
  • जसको पहिले नै गर्भपतन  छ उसले भन्टा, मरिच, प्याज, लसुन, हिङ्ग, सख्खरको सेवन निकै कम मात्रामा गर्नु पर्दछ ।
  • यदि तपाइ गर्भवती हुनुहुन्छ भने  सुर्तीजन्य पदार्थ र जाँड, रक्सि नखानु होला । यसले तपाइको हुनेवाला बच्चालाई हानी पुर्याउन सक्छ ।
  • बाहिरको दुध भन्दा शुद्ध गाई भैसीको दुध पिउनु राम्रो हुन्छ । किनकी यसले साल्मोनेला वा टोक्सोप्लामेसिसको संक्रमण हुन सक्छ ।
  • मैदाबाट बनाइएको खाने कुरा, धेरै चिनी भएको खाने कुरा, सफ्ट ड्रिंक्सको सेवन नगर्नु होला । यसले तपाइको पेटमा गडबडी ल्याउन सक्छ ।
  •  आयुर्वेदका  अनुसार गर्भावस्थामा जाईफलको पनि सेवन गर्नु हुदैन ।
  • काचो या आधा पाकेको मेवाको सेवन पनि खतरनाक साबित हुन सक्छ ।
  • पाकेको अण्डा खान सक्नु हुन्छ तर काचो अण्डाबाट बनेको परिकार जस्तै केक, पेस्ट्रिजको सेवन गर्नु हुँदैन । यसमा सलमोनेला भाइरस हुन सक्छ जसले इन्फेक्सनको खतरा बढाउँछ ।
  • माछामा प्राय: जसो मरकरीको मात्रा पाइन्छ । माछाको सेवन निकै पटक खतरनाक साबित भइदिन्छ । मरकरीको थोरै मात्रा पनि गर्भपातको कारण बन्न सक्छ ।

प्रकाशित : सोमबार, मङि्सर २२, २०७७१७:१७

कपालको चाँया हटाउने घरेलु उपाय: दिनको एकपटक प्रयोग गर्नु भएमा मिल्नेछ छुटकारा !