पछिल्लो कपाल झर्ने समस्या सामान्य बन्दै गईरहेको छ। धेरै मानिसहरु कपाल झर्ने समस्याले ग्रसित छन र यसको समाधानको उपाय समेत खोजिरहेका छन । कहिले काही कपाल झर्नु बंसाणुगत कारण पनि हुन सक्छ। भने अन्य कारणहरुमा अनाधिकृत रुपमा उत्पादन भएका सामग्रीको प्रयोग पनि हो। तर आफ्नै खराब बानीका कारण पनि कपाल झर्ने समस्या देखा पर्दछ। जसलाई हामी चाहेर पनि नियन्त्रण गर्न सक्दैनौ। कपाल झर्नुका केहि सामान्य कारणहरु तल प्रस्तुत गरिएको छ:
कसिलो हेएरस्टाईल
यदी कपाललाइ कसिलो बनाएर बाँधेमा धेरै कपाल झर्ने समस्या उत्पन्न हुन सक्छ। जसले गर्दा कपालका जरामा सिधै असर पर्न गइ कपाल झर्न सक्छ। स्थाई रुपमा नै यसले जरामा असर पर्न गइ पछि कपाल उम्रिन पनि नसक्ने हुन सक्छ। कपाललाई कसिलो तरिकाले बाँध्दा टाउको दुख्ने समस्या समेत हुन सक्छ। त्यसैले कपाललाई खुकुलो तरिकाले बाध्नु पर्छ।
सन्तुलित भोजनको कमि:
हामीले प्रयोग गर्ने खानामा पौष्टिक तत्वको कमि भएमा हाम्रो स्वास्थ्यमा असर पर्न जान्छ साथै कपालमा पनि पोषण नपुग्न सक्छ। सन्तुलित भोजन गर्नु स्वस्थ कपालको लागि पनि आवस्यक छ। खानामा पौष्टिक तत्वको कमीले गर्दा पनि कपाल झर्ने समस्या देखा पर्न जान्छ। कपालको उचित बृद्दि र विकासको लागि पनि हामीले सन्तुलित रुपमा आहार गर्नु जरुरी छ। जब आवश्यकता अनुसारको पौष्टिक आहार गर्न थालिन्छ तब कपाल झर्ने समस्यामा आफै परिवर्तन आउछ। साथै यसले कपालको गुणस्तर र चमकतालाई पनि सुधार गर्दै लैजान्छ।
आइरनको कमि:
कपाल झर्ने बिभिन्न कारणहरु हुनसक्छन। रगतमा हेमोग्लोबिनको कमीले गर्दा शरीरमा आइरन उत्पादन कम मात्रामा हुने गर्दछ। होमोग्लोबिन रगतमा अक्सिजन उत्पादन गर्ने गर्दछ। जसले शरीरमा कोषहरू उत्पादन गर्न मद्दत गर्दछ। आइरनले कोषको उत्पादन गरि कपालको बृद्दि गर्न सहयोग गर्दछ। कपालको बिकाश गर्नका लागि ब्रोकाउली आदिको प्रयोग गर्न सक्नुहुन्छ।
ओभर स्टाइल:
सबै मानिसहरु आफ्नो कपाललाई विभिन्न तरिकाले मिलाउन मन पराउछन। कोहि आफ्नो कपालमा अनेक कलर लगाउन मन पराउछन् त कोहि भने आफ्नो कपाललाई कहिले कर्लि त कहिले स्ट्रेट गर्न मन पराउने हुन्छन। तर यस्तो गर्नाले कपाल झर्न सक्ने समस्या देखा पर्न सक्छ। त्यसैले विभिन्न खालका केमिकलयुक्त हेयर कलर लगाउन छोड्नुहोस्।
तातोपानिले नुहाउदा: विशेषगरि जाडो महिनामा मानिसहरु तातोपानीले कपाल धुने गर्छन् । तर तातोपानीले नुहाउदा कपाल झर्ने, कपाल रुखो र ड्यामेज गर्दछ। सकेसम्म कपालमा तातोपानी हाल्न हुदैन।
तनाव: यदी तपाईलाई धेरै तनाव छ भने तपाईको कपाल धेरै झर्ने गर्दछ । तनाव कम गर्न योगा, जिम तथा मेडिटेशनको आवश्यक हुन्छ । साथै तनाव कम गर्न सधै शान्त र आनन्दित हुन जरुरि छ।