काठमाडौँ – नायिका श्वेता खड्काले एकल महिला सशक्तिकरणमा सक्रिय भएर लाग्ने बताएकी छन्।
सोमबार दोस्रो विवाह गरेकी नायिका खड्काले सामाजिक संजाल मार्फत भावना पोख्दै अब आउने समयमा एकल महिला सशक्तिकरणको लागि काम गर्ने बताएकी हुन्। पूराना दुखेर नयाँ जीवनको शुरुवात गर्दै थप सशक्त नारीका रूपमा प्रस्तुत हुने गरेकी नायिका खड्काको प्रण छ।
“म थप सशक्त नारीका रूपमा तपाईंहरूका सामुन्ने प्रस्तुत हुनेछु। आगामी दिनमा एक महिलाको सशक्तीकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ। त्यसलाई साकार बनाउनका लागि म प्रयासरत रहनेछु।”,विवाह सम्पन्न भएपश्चात गएराति फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छन्।
जीवनको नयाँ अध्यायमा धेरै काम गर्नको लागि उनले सबैको साथ र सहयोगको अपेक्षा राखेकी छन्। नेपाली सिने जगतलाई उच्च स्थानमा पुर्याउन तथा निर्माणाधिन माझिटोललाई बिहेको मण्डप भन्दा पनि धेरै सजाउन प्रयास रहने उनको भनाई छ।
“मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ ।”,खड्काले फेसबुकमा लेखेकी छन्।
जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेको उल्लेख गर्दै उनले नयाँ यात्रामा इष्टमित्र, आफन्तजन, गन्यमान्य व्यक्ति, शुमचिन्तकलगायत सञ्चारकर्मीबाट शुभेच्छा र साथ पाउने आशा पनि व्यक्त गरेकी छन्।
नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाह गरेको एक महिना नपुग्दै श्रेष्ठको निधन भएको थियो।
श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन्। साथै समाजसेवामा पनि उनको सक्रियता छ। नायिका खड्काले विवाहका तस्विरहरु इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी छन्।
अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले…
Posted by Shweta Khadka on Monday, December 7, 2020