एजेन्सी- आजभोली बच्चा देखी वृद्ध सम्म लाई मोटोपनको समस्या देखिने गर्छ । यस समस्याबाट छुटकारा पाउन धेरै मुश्किल हुने गर्छ कि शरिरको तौल सजिलै बढाउने सकिने भएपनि यसलाई घटाउन धेरै गाह्रो हुन्छ ।
आफ्नो शरिरको तौल घटाउनका लागि मान्छेहरु धेरै मेहेनत गर्ने गर्छन। उनीहरु तौल कम गर्नका लागि घन्टौंसम्म व्यायाम गरेर पसिना बगाउनुका साथै विभिन्न डाईटिंङ् योजना समेत बनाउने गर्छन।
आज हामी तपाईहरुलाई केही घरेलू उपायहरु बताउन जाँदै छौँ जुन दैनिक सेवन गर्दा शरिरको तौल सजिलै बढ्ने गर्छ। हामी तपाईलाई शरीरको तौल घटाउन मद्धत गर्ने बेकिंङ सोडाको प्रयोग गर्ने विधिबारे बताउने छौँ।
बेकिंङ सोडाले तपाईको पाचन प्रणालीलाई सहज बनाउनुका साथै शरिरमा भएको फ्याटको मात्रा घटाउन समेत मद्धत गर्छ। यसको प्रयोगले मेटाबोलिज्म दर बढाउने समेत काम गर्छ।
तपाईहरु यो घरेलू उपायको प्रयोग गरि आफ्नो मोटोपनको समस्या सजिलै समाधान गर्न सक्नुहुन्छ। एक चम्चा बेकिंङ सोडा आधा गिलास पानीमा मिलाउहोस् र त्यसपश्चात फेरि एक गिलास पानीमा कागती वा अंगुरको जुस बनाई दुवैलाई मिसाएर पिउनुहोस्। दैनिक यी कुराहरू मिश्रण गरि पिउने गर्दा तपाईको शरिरको तौल सजिलै घट्न सक्छ।
यसरी मिश्रण गरिएको जुस खाना खाएको भन्दा २० मिनेट पछाडीमात्र खाने गर्नुहोस। बेकिंङ सोडा र कागतीको मिश्रणबाट बनाएको जुसले शरिरमा कुनै प्रकारको साइड इफेक्ट्स महशुस गर्नु पर्दैन। यो सजिलो घरेलू उपायको प्रयोगले तपाईको शरिर सदा स्लिम वा फिट राख्न मद्धत मिल्ने गर्छ।