काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतलाई ‘विदेशी एजेण्डा’ भन्नेहरूलाई ‘बकवास नगर’ नगर्न सुझाव दिएका छन्।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खारेजीको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन हुन थालेपछि भट्टराईले सामाजिक संजाल मार्फत यस्तो सुझाव दिएका हुन्। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतलाई ‘विदेशी एजेण्डा’ भन्नेहरूलाई अस्पताल नगएर धामीझाँक्री लगाउन भट्टराईको सुझाव छ।
“गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई ‘विदेशी एजेण्डा’ भन्नेहरूलाई सुझावः १. विज्ञान, प्रविधि र विदेशी भाषा नपढ, गुरूकुल मात्र जाऊ २. अस्पताल नजाऊ, धामीझाँक्री लगाऊ ३. गाडी नचढ, पैदल मात्र हिँड ४. विदेशी, मशिनले सिएका लुगा नलाऊ, लगौंटी लगाएर हिँड ५. फोन, इन्टरनेट, टीभी प्रयोग नगर ! नत्र बकवास नगर !”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।
गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता इ. ळाई ‘विदेशी एजेण्डा’भन्नेहरूलाई सुझाव:१.विज्ञान/प्रविधि/विदेशी भाषा नपढ;गुरूकुल मात्र जाऊ;२.अस्पताल नजाऊ,धामीझांक्री लगाऊ;३.गाडी नचढ,पैदल मात्र हिंड;४ विदेशी/मशिनले सिएका लुगा नलाऊ,लगौंटी लगाएर हिंड;५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर!नत्र वकवास नगर!
— Baburam Bhattarai (@brb1954) December 9, 2020

देशमा राजावादीको प्रदर्शन बढेपछि भट्टराईले लगातार सामाजिक संजाल मार्फत त्यस्ता समूहहरु माथि प्रहार गर्दै आएका छन्। भट्टराईले यस अगाडी राजतन्त्र पुनर्स्थापना हुनु र ला’स ब्यूँतिनु उस्तै रहेको बताएका थिए।
जनताको उपस्थितमा भएको संघर्षबाट हटेको राजसंस्था पुनः स्थापना नहुने भट्टराईको बाबुरामको दावी रहने गरेको छ। साथै भट्टराईले गणतन्त्रमा केहि दलका कारण प्रणाम आउन सकेन भन्दैमा संघर्षबाट प्राप्त उपलब्धिलाई गुमाउन नहुने बताउँदै आएका छन्।