मेष राशि
तपाईं यस वर्ष आफ्नो करियरको बारेमा बढी गम्भीर हुनु आवश्यक छ। मे देखि अक्टोबर महिनासम्म ग्रहहरुको वक्री चालको कारण रोजगार तथा व्यवसाय क्षेत्रमा निकै होशियार हुनु आवश्यक छ। जुन महिनापछि कार्यक्षेत्रमा सहकर्मीको कारण समस्या आउनसक्छ। यस अवधिमा कार्यक्षेत्रमा तनाव बढ्नेछ। त्यसैले धैर्य साथ आफ्नो कुरा राख्न कोशिस गर्नुहोस्। वर्षको अन्त्यमा परिस्थिति अनुकूल हुनेछ।
वृष राशि
यस वर्ष तपाईंले आफ्नो करियरमा विभिन्न उपलब्धि प्राप्त गर्नुहुनेछ। तर यसको लागि तपाईंले कडा परिश्रम गर्नु पर्छ। मे देखि अक्टोबर महिनासम्मको समय व्यापार व्यवसाय क्षेत्रमा महत्वपूर्ण निर्णय लिन अनुकूल हुँदैन। यस अवधिमा धैर्य गर्नुहोस्। साथै, वर्षको मध्यतिरको समय रोजगारी खोज्ने वा नयाँ रोजगारीका लागि राम्रो हुँदैन। वर्षको अन्त्यमा कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ।
मिथुन राशि
यस वर्ष तपाईं आफ्नो करियरलाई लिएर सावधान रहनुपर्नेछ। वास्तवमा, यस वर्ष तपाईंको राशि चक्रमा शनिले ठूलो प्रभाव पार्नेछ। यस्तो अवस्थामा तपाई लेनदेनमा सावधान हुनुपर्छ। अर्कोतर्फ, जसको व्यवसायमा बाधा आइरहेको छ, वर्षको मध्यमा रोकिएका व्यापार पुन: सुरु हुनसक्छ। त्यस्तै, जसले आफ्नो जागिर गुमाए उनीहरूले फेरी प्राप्त गर्न सक्छन्। वर्षको सुरुवात रोजगारदाताको लागि राम्रो हुनेछ, तर वर्षको मध्यमा नयाँ कामको प्रयास नगर्नुहोस्।
कर्कट राशि
यस वर्ष व्यापार क्षेत्रमा तपाईंले प्रारम्भिक महिनामा धेरै राम्रो अवसर पाउनुहुनेछ। कार्य व्यवसाय सम्बन्धि तपाईंको नयाँ नीतिहरू सफल साबित हुनेछन्। व्यापारमा धन निवेश गर्नको लागि यो वर्ष शुभ रहनेछ। कर्मचारीहरूले काम गर्ने क्रममा विशेष ध्यान राख्नुपर्छ। वर्षको अन्तिम महिनाहरुमा तपाईंलाई पदोन्नतीको साथ नयाँ अवसर पनि दिइनेछ।
सिंह राशि
कार्यक्षेत्रमा सफलता मिल्नुका साथै नयाँ अवसर पाएर तपाईंको आत्मविश्वास र जोश बढ्नेछ। यस वर्ष नयाँ परियोजनाहरू र नयाँ व्यक्तिहरूसँग काम गर्ने अवसर प्राप्त हुनेछ। रोजगार क्षेत्रमा रहेका मानिसको यो वर्ष राम्रो तलब र पदोन्नतीको साथ सुरु हुनसक्छ। तपाईं आफ्नो मालिक र वरिष्ठसँग यस वर्ष राम्रो सम्बन्ध जारी राख्नुहुनेछ। त्यस्तै, अक्टोबरपछिको समय तपाईंलाई काम परिवर्तन गर्नका लागि एकदम उपयुक्त हुन्छ।
कन्या राशि
यस वर्ष कार्यक्षेत्रमा तपाईंको उन्नति प्रगति हुने सम्भावना उच्च छ। वर्षको मध्यतिर यस राशिका मानिसले कुनै नयाँ काम गर्नुपर्दैन। यस अवधिमा तपाईंले घाटा भोग्न सक्नुहुन्छ। रोजगार क्षेत्रमा रहेका मानिसले विभिन्न चुनौतीको सामना गर्नुपर्नेछ। तपाईंले नयाँ कामको बारेमा धेरै ध्यान दिएर काम गर्नुपर्नेछ।
तुला राशि
यस वर्ष शनि र गुरुको गोचरको प्रभावका कारण मिश्रित फल प्राप्त हुनेछ। कडा मिहेनतपछि मात्र सफलता प्राप्त हुनेछ। कसैको कुरामा आएर नयाँ व्यापारको बारेमा नसोच्नुहोस्, अन्यथा तपाईं धोकामा पर्न सक्नुहुन्छ। तुला राशिका मनिसको लागि यस वर्ष कामका लागि विदेश जाने अवसर मिल्नेछ। वर्षको सुरुवातमा पदोन्नती हुनसक्छ।
वृश्चिक राशि
तपाईंले यस वर्ष विदेशबाट कुनै नयाँ परियोजना प्राप्त गर्न सक्नुहुनेछ। वर्षको मध्यमा ऋण लिनबाट बच्नुहोला। मे महिनादेखि कार्यक्षेत्रमा विशेष सावधान रहनुहोला। हातमा आएको काम पनि फुत्किने सम्भावना छ। अक्टोबर महिनासम्म कुनै नयाँ कामको लागि प्रयास नगर्नुहोस्।
धनु राशि
यस वर्ष तपाईंको व्यापार व्यवसाय बिस्तार हुनेछ, जसको कारण आयमा वृद्धि हुनेछ। यस राशिका मानिस अनावश्यक यात्राबटा बच्नुपर्नेछ, अन्यथा खर्च अधिक हुनेछ। कार्यक्षेत्रमा यस वर्ष पदोन्नतिको योग रहेको छ। जो मानिस यो वर्ष सरकारी नोकरीको लागि प्रयाग गरिरहेका छन्, उनीहरुको इच्छा अवश्य पूरा हुनेछ।
मकर राशि
यदि कुनै ठाउँमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने अभिभावकको पनि परामर्श लिनुहोस्। वर्षको अन्त्यमा अनावश्यक खर्च हुनसक्छ र बच्चाको भविष्यका लागि लगानी पनि गर्न सकिन्छ। यस वर्ष व्यवसायमा धेरै उतार चढाव आउनेछ। वर्षको अन्त्यतिर काम र व्यवसायका लागि समय शुभ रहनेछ।
कुम्भ राशि
नयाँ व्यवसाय लागि वर्ष निकै शुभ रहनेछ। यस समयमा पुरानो परियोजना सुरू गर्न पैसा पनि सकिन्छ। तपाईंको आवश्यकता अनुसार आफ्नो परिवारबाट आर्थिक सहयोग प्राप्त गर्नुहुनेछ। सरकारी नोकरीको लागि प्रयाग गरिरहेका मानिसको इच्छा अवश्य पूरा हुनेछ। रोजगार गरिरहेका मानिसको लागि समय अनुकूल रहनेछ।
मीन राशि
व्यवसायको क्षेत्रमा उतार-चढावहरू आउनेछन्। सालको मध्यमा कार्यक्षेत्रमा नयाँ प्रयोजन प्राप्त गर्नुहुनेछ। तर पुरानो ऋण चुक्ता गर्नको लागि अधिक धन आवश्यक हुनेछ। कार्यक्षेत्रको शिलशिलामा देश-विदेश घुम्ने मौका मिल्नेछ। पदोन्नतीको योग रहेको छ। नयाँ कामको लागि मे महिना भन्दा पहिले कोशिस गर्दा सफलता मिल्नेछ।