हरेको मानिसको चाहना हुन्छ कि उसँग पैसाको कमी नहोस्। तर केहि कुरा ध्यानमा नराख्दा विभन्न आर्थिक समस्याको समान गर्नुपर्छ। पर्स पैसा सुरक्षितसँग राख्नको लागि प्रयोग गरिन्छ। ज्योतिषशास्त्रका अनुसार हामीले पर्समा राख्ने चिजको बारेमा पनि ध्यान राख्न जरूरी छ। कतिपय मानिस आफ्नो पर्समा पैसा बाहेक पनि धेरै कुरा राख्छन्। तर केहि यस्ता चिज पनि छन् जुन चिज आफ्नो पर्समा राख्नाले धनको कमी हुनसक्छ।
पुराना बिल
कतिपय मानिसको पर्समा पैसा भन्दा बढी बिल हुन्छ। प्राय: मानिस काम परेको समयमा छिटै भेटिन्छ भनेर पर्समा बिलहरु राख्ने गर्छन्। तर यसो गर्नाले आर्थिक समस्या उत्पन्न हुनसक्छ। यसले आयमा कमी ल्याउँछ। त्यसैले, पर्समा कुनै पुराना बिल राख्ने बानी नगर्नुहोस्।
उधारोको हिसाब रहेको कागज
केहि मानिसहरु उधारोको हिसाब सानो कागजमा लेखेर पर्समा राख्ने गर्छन्। तर यसो गर्नाले तपाईंको पैसाको आगमनलाई असर गर्छ। पर्समा उधारोका चिज राख्दा पैसाको प्रवाहमा नकरात्मक प्रभाव पार्छ।
धारिलो तथा तिखो चिज
केहि मानिस आफ्नो पर्समा धारिलो सामानहरू जस्तै सानो छुरा वा पिन आदि राख्छन्। पर्समा यस्ता चिज राख्नाले नकारात्मक उर्जाको कारण धनको आगमनमा प्रभाव पार्छ। त्यसैले यी चीजहरू तुरुन्तै पर्सबाट बाहिर फाल्दिनु पर्छ।
देवी देवता तथा पुर्वजको फोटो
कतिपय व्यक्तिले आफ्नो पर्समा देवीदेवताहरूको फोटो पनि राख्छन्। तर देवीदेवताको तस्वीर राख्दा विशेष ध्यान दिन आवश्यक हुन्छ किनकि कहिलेकाँही हामी पर्सलाई हात नधोइकन छुन्छौं। यस्तो अवस्थामा पैसा सम्बन्धि समस्याले सताउन सक्छ। त्यस्तै, पुर्वजहरुका चित्रहरू पर्समा राख्नु हुँदैन।