पेट सम्बन्धि समस्या छ ? पिउनुहोस् यी ३ चमत्कारिक जुस !

कब्जियत पाचन प्रणालीसँग सम्बन्धित एक सामान्य समस्या हो। जसले कुनै पनि उमेर समूहका मानिसहरूलाई असर गर्न सक्छ। तर केहि घरुलु उपाय प्रयोग गरेर कब्जियतको समस्याबाट सजिलै छुटकारा पाउन सकिन्छ।

कब्जियतबाट पीडित मानिसको पेट सफा रहँदैन। आन्द्रामा तरल पदार्थको लामो अवशोषणको कारण चिसो र कडा मल धेरै संकलन हुन्छ, जसका कारण मल त्याग गर्न धेरै कठिनाई हुन्छ। कब्जियतको धेरै कारणहरू हुनसक्छ जस्तै: अनियमित खाना, बासी खाना, कम शारीरिक श्रम, मानसिक तनाव, बढी चिल्लो खाना, आन्द्राको कमजोरी आदि। थाहा पाउनुहोस् कब्जियतबाट बच्ने सामान्य घरेलु उपाय….

कागती

कब्जियत कम गर्नका लागि कागती धेरै फाइदाजनक छ। यदि कसैलाई कब्जियतको समस्या छ भने राति सुत्नु अघि एक गिलास पानीमा कागतीको रस र एक चम्चा चिनी मिलाएर पिउनुहोस्। यसो गर्नाले कब्जियत बिस्तारै निको हुन्छ।

अदुवा

अदुवा यसको औषधीय गुणहरूको लागि परिचित छ। यसले आइरन, क्याल्शियम, आयोडिन, क्लोरीन जस्ता पोषक तत्व समावेश गर्छ। अदुवा एक शक्तिशाली एन्टी-भाइरल पनि हो। अदुवाले पाचन तन्त्रलाई पनि लाभ पुर्याउँछ।

स्याउ

स्याउको नियमित सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसको सेवनले मुटु पनि स्वस्थ रहन्छ। स्याउ बोक्रासहित खानु पर्छ। यसका साथै हामीले स्याउ बिहानको समयमा खानु निकै लाभदायक हुन्छ। यदि स्याउ खाली पेटमा खायो भने तपाईंको शरीरको विषाक्त पदार्थ सजिलै बाहिर आउँछ। बिहान खाली पेटमा स्याउ खाँदा पेक्टिनले ल्याक्टिक एसिडलाई जोगाउँछ। ल्याक्टिक एसिडले ब्याक्टेरियाहरूलाई पेटमा राम्रोसँग बढ्न मद्दत गर्छ। ल्याक्टिक एसिडले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ।

विधि 

सामग्री 

२ चम्चा कागतीको रस

आधा चम्चा नुन

१ चम्चा अदुवाको रस

आधा चम्चा स्याउको रस

आधा  कप तातो पानी

तयार गर्ने तरिका

एउटा भाँडोमा आधा कप पानी राम्रोसँग तताउनुहोस्। अब यसलाई एक गिलासमा हालेर यसमा नुन, अदुवाको रस, कागतीको रस र स्याउको रस मिलाएर पिउनुहोस्। तपाईले दिनमा दुई वा तीन पटक यो पिउन सक्नुहुन्छ। बिहानको नास्ता भन्दा पहिले, खाजा भन्दा पहिले र बेलुकाको खान भन्दा पहिले। यसो गर्नाले पाचन प्रणालीमा निकै सुधार ल्याउँछ।

प्रकाशित : बिहिबार, मङि्सर २५, २०७७११:१९

केराको अधिक सेवन पनि बन्नसक्छ खतरनाक, निम्त्याउँछ यस्ता समस्या !