हिन्दु धर्मशास्त्र वेदको संक्षिप्त भनेको उपनिषद र उपनिषदको संक्षिप्त नाम गीता हो। पुराण, रामायण र महाभारत हिन्दुहरूको पुरानो इतिहास हो, शास्त्र होइन। शास्त्रविद्हरु भन्छन् कि हामीले हाम्रो जीवन धर्मशास्त्र अनुसार ढाल्नु पर्छ। यहाँ धर्मका अनुसार दश प्रमुख सद्गुण र दश पापहरु प्रस्तुत छन्।
दश पुण्य कर्म
१. धृति – हरेक परिस्थितिमा धैर्य हुनु।
२. क्षमा – बदला नलिनु, क्रोधको कारण हुँदा पनि क्रोधित नहुनु।
३. दम – जिद्दी नहुनु।
४. अस्तेय – अर्कोको वस्तु हत्याउने कुरा नसोच्नुहोस्।
५. शौच – आहारको शुद्धता। शरीरको शुद्धता।
६. इन्द्रियानिग्रह – इन्द्रियलाई विषय (इच्छा) मा डुब्न नदिनु।
७. धी – कुनै पनि कुरा राम्रोसँग बुझ्नु।
८. विद्या – धर्म, अर्थ, काम र मुक्तिको ज्ञान।
९. सत्य – झूट र हानिकारक शब्दहरू नबोल्नु।
१०. अक्रोध – कसैले अपमान गरेपनि नरिसाउनु।
दश पाप कर्म
१. अरूको धन हडप्ने इच्छा।
२. निषेधित कार्य गर्ने प्रयास गर्नु।
३. शरीरलाई नै सबै थोक सोच्नु।
४. कठोर वचन बोल्नु।
५. झुटो बोल्नु।
६. निन्दा गर्नु।
७. बिना काम अनावश्यक बोल्नु।
८. चोरी गर्नु।
९. तँ, मन, कर्मबाट अरुलाई दुख दिनु।
१०. पर स्त्री/पुरुषसँग सम्बन्ध राख्नु।