“आदर्श नेताले मबाट सिक्नुपर्छ”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट सांसद रहेका पूर्वमन्त्री गोकुल बाँस्कोटाले पूर्वसांसद कमानसिंह लामाको लेनदेन प्रकरणमा मुछिएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आफूबाट सिक्न आग्रह गरेका छन्।

ओलीनिकट युवाहरुको प्रदेश भेलालाई सम्बोधन बिराटनगरमा सम्बोधन गर्नेक्रममा बाँस्कोटाले र्वसांसद कमानसिंह लामाको लेनदेन प्रकरण बारे टिप्पणी गर्दै श्रेष्ठलाई आफूबाट सिक्न सुझाव दिएका हुन्।

सुरक्षण मुद्रण खरीद प्रकरणमा ७० करोडको अडियो प्रकरणमा आरोप लागेपछि आफूले राजिनामा दिएर अनुसन्धानको लागि बाटो खुला गरेको उल्लेख गर्दै उनले श्रेष्ठलाई पनि त्यसै गर्न सुझाव दिए। श्रेष्ठको नाम नलिएपनि उनले श्रेष्ठलाई लक्षित गर्दै आदर्श नेताले आफूबाट सिक्नुपर्ने बताए।

“आदर्श नेताले मबाट सिक्ने के ! कम्तिमा मेरोजति गरिदिएको भए राम्रो हुन्थ्यो होला ।”,उनले भने। आरोप उठ्नासाथ आफू र पूर्वसभामुख कृष्णबहादुर महराले छानबिनका लागि बाटो छोडिएको स्मरण बाँस्कोटाले गरे।

यस्तै बाँस्कोटाले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई केन्द्रीय कमिटीले हटाउन नसक्ने पनि बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केन्द्रीय कमिटीको निर्णयले हटाउन नसक्ने उनको भनाई छ। नेकपाका केन्द्रीय सदस्य समेत रहेका बाँस्कोटाले महाधिवेशन र आमनिर्वाचनवाट निर्वाचित प्रधानमन्त्रीलाई बहुमतको निर्णयबाट हटाउन खोज्नुले पार्टीलाई अस्तव्यस्त बनाउने उनले दावी गरे।

साथै बाँस्कोटाले अहिले पार्टीमा देखिएको विवाद छलफल र संवादबाट समाधान गर्नु पर्नेमा जोड दिए। निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पूरा हुनुपर्नेमा पार्टीका कार्यकर्ता र आमजनताको चाहना उनले बताए।

प्रकाशित : आइतबार, मङि्सर २८, २०७७१५:३८

‘चन्द’का नेताकार्यकर्ता नेकपामा प्रवेशको लहर