आजैबाट यी चिज खान छोड्नुहोस्, होइन भने भइएला पत्थरीको शिकार !

वर्तमान समयमा मानिस धेरै रोगले घेरिएको छ र यी रोगहरूले व्यक्तिलाई धेरै समस्याहरू निम्त्याउँछन्। त्यस्तै एउटा रोग हो पत्थरी। जब शरीरको अन्य खनिज र नुनहरू एक अर्काको सम्पर्कमा आउँछन्, पत्थरीको खतरा बढ्छ। यस्तो अवस्थामा डाक्टरहरूले यस रोगबाट पीडित व्यक्तिहरूको लागि आहारमा धेरै परिवर्तन गर्न सल्लाह दिन्छन्। जान्नुहोस् यस्ता के चिज हुन् जसको सेवनले पत्थरीको खतरा बढाउँछ ?

मानव शरीरमा चार प्रकारका पत्थरहरू हुन सक्छन्: यूरिक एसिड स्टोन, क्याल्सियम स्टोन, सिस्टिन स्टोन र स्टुइट स्टोन। यदि तपाईं यी सबै किसिमका पत्थरीबाट जोगिन चाहनुहुन्छ भने तपाईंले जनावरहरूबाट मिल्ने प्रोटीनको मात्रा घटाउनुपर्छ र सम्भव भए माछा, अण्डा, चीज, मासु र दुध खानु हुँदैन। हामीले जनावरहरूबाट पाएको प्रोटीनले शरीरमा क्याल्शियम फोस्फेट, क्याल्शियम अक्सलेट र यूरिक एसिड स्टोनको जोखिम बढाउँछ। त्यसैले हामीले यस्ता चिजको सेवन कम गर्नुपर्छ।

पत्थरबाट पीडित व्यक्तिहरू वा सामान्य व्यक्तिहरूले पनि आफ्नो आहारमा अत्यधिक मात्रामा सोडियम लिनु हुँदैन। किनभने यदि तपाईंको खानामा सोडियमको मात्रा धेरै छ भने यो तपाईंको लागि खतरनाक हुनसक्छ र पत्थरी रोगलाई निम्त्याउनको लागि यो एक कारण हुनसक्छ। सबैभन्दा बढी सोडियम सिल्ड प्याक उत्पादनहरूमा पाइन्छ।

यदि तपाईं पत्थरीबाट टाढा रहन चाहनुहुन्छ भने अक्सलेट समावेश खाना खपत गर्नु हुँदैन। सखरखण्ड, पालुन्गो, चकलेट, क्र्यानबेरीमा भरपूर मात्रामा अक्सलेट पाइन्छ। यस बाहेक भिटामिन-सीको उच्च सेवनले पनि पत्थरीको जोखिम बढाउँछ।

प्रकाशित : मङ्गलबार, मङि्सर ३०, २०७७१९:४४

जान्नुहोस् जाडो महिनामा तिल खानुको यस्ता चमत्कारिक फाइदाको बारेमा !