कामै नगरी सवा दुई करोड झ्वाम

राजविराज – बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो। यद्यपि अझैसम्म सो वाल निर्माण हुन सकेको छैन। यता महालेखा परीक्षकको प्रतिवेदनले सो रकम निकासा भइसकेको देखाइसकेको छ।

अचम्मको कुरा सो वाल निर्माणका लागि बजेट छुट्याइएको छ भन्ने सो विद्यालयका प्रधानाध्यापकलाई पनि जानकारी भएन। महालेखाको प्रतिवेदनमा बाउन्ड्री वाल शीर्षकमा बजेट खर्च भएको विवरण देखेपछि मात्र आफूलाई थाहा भएको प्रधानाध्यापक सुकदेव गुप्ताको भनाइ छ। उनी भन्छन्, ‘वाल लगाउने काम स्थानीय तहबाट भएको छैन, हो एउटा उपभोक्ता समिति आएर केही माटो खन्याउने काम विद्यालयमा पक्कै पनि भएको हो, यद्यपि विद्यालय प्रशासनसँग खासै समन्वय गरिएको थिएन। ’ यो समाचार नागरिक राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार जितेन्द्रकुमार झाले लेखेका हुन्।

हुँदै नभएको बाउन्ड्री वाल निर्माणका लागि गाउँपालिकाबाट रकम निकासा गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएपछि स्थानीयले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको आरोप लगाइरहेका छन्। तर गाउँपालिका अध्यक्ष दयानन्द गोइत भने गाउँसभाबाट आफूलाई प्राप्त एकल अधिकारको उपयोग गर्दै बाउन्ड्री वालसम्बन्धी योजना नै संशोधन गरेको दाबी गर्छन्।

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०२:४७

धोकापछि चकनाचुर भएँ भन्छिन् परिणीति ! कसले दियो धोका ?