कुनै मानिस कस्तो छ भने उसको व्यवहारले देखाउँछ। यो केरालाको घटना हो। एउटा भिडियो देखा परेको छ। यसमा एउटा कुकुरलाई कारको पछाडी बाँधेर घिसार्दै गरेको देख्न सकिन्छ। यो घटना एर्नाकुलमको पराभावर-नेडेम्बासेरी रोडको बताइएको छ।
भिडियोमा कुकुरलाई कारको पछाडि बाँधिएको देख्न सकिन्छ। त्यो बेजुबान कुकुर सुरुमा के भइरहेको छ बुझ्न सक्दैन। ऊ भाग्न खोज्छ। तर कारले उक्त कुकुरलाई घिसार्दै लान्छ। स्थानीय मिडियाका अनुसार यो जघन्य अपराध गर्ने व्यक्तिको नाम युसुफ हो। युसुफले आफ्नो कुकुरसँग रिस उठेर यस्तो यातना गरेको बुझ्नमा आएको छ।
अखिल नामको व्यक्तिले उक्त घटनाको भिडियो बनाएको छ। उनी दुईपांग्रेमा बसेका थिए। उनले यस निर्दयी कार्यको बारेमा यूसुफलाई प्रश्न पनि गरे तर युसुफले यो उनको व्यक्तिगत कुरा हो भनेर उत्तर दिए। युसुफले अखिललाई यो मर्यो भने पनि तेरो के जान्छ र समेत भने।
अखिलले भने, “त्यो डरलाग्दो दृश्य थियो।” बेजुबान कुकुरको घाँटीमा डोरी बाँधिएको थियो र नराम्रोसँग तानिएको थियो। भिडियो भाइरल भएपछि युसुफलाई पक्राउ गरिएको छ। कोचीमा रहेको पशु गैरसरकारी संस्था दयाले कुकुरको उद्दार गरेको छ। गैरसरकारी संस्थाका सदस्यका अबुसार कुकुरलाई धेरै नराम्रोसँग चोट लागेको थियो। शरीरका धेरै भागका छाला खुइलिएको थियो र धेरै रक्तस्राव भएको थियो।