अध्यादेश जारी भएको प्रति खानेपानी मन्त्रीको आपत्ति !

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेको प्रति ओली क्याबिनेटकै मन्त्रीले आपत्ति जनाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकोप्रति खानेपानी मन्त्री बिना मगरले असन्तुष्टि व्यक्त गरेकी हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएलगतै मन्त्री मगरले सामाजिक संजाल मार्फत रास्ट्रपतिबाट जारी भएको अध्यादेश सहमतिय नभएको बताएकी छन्।

“रास्ट्रपति बाट जारी भएको बिधेयक सहमतिय छैन ।सम्माननिय सभामुख बिनै छलफल अनि मन्त्रीपरिषद् सबै मन्त्री हरुलाई चित्त नबुझाई गरिएको बिधेयक प्रति असहमति महामहिम राष्ट्रपति ज्यु ।”,ट्वीट गर्दै मन्त्री मगरले भनेकी छन्।

https://twitter.com/Magarbina123/status/1338769399189147652

यस्तै ओली क्याबिनेटकै अर्का सदस्य कृषि मन्त्री घनश्याम भुसालले मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा अध्यादेशको विषय नउठेको बताएका छन्।

मन्त्रिपरिषदको बैठकमा छलफल भएर त्यहाँबाट पारित भएपछि मात्रै अध्यादेश राष्ट्रपतिबाट जारी गरिन्छ। तर, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीको एकल निर्णयमा जारी भएको देखिन्छ।

प्रकाशित : मङ्गलबार, मङि्सर ३०, २०७७१५:३६

सभामुखले संवैधानिक गरिमा भुले भन्दै सूर्य थापाले लगाए आरोपै-आरोप !