सभामुखले संवैधानिक गरिमा भुले भन्दै सूर्य थापाले लगाए आरोपै-आरोप !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटा पार्टीभन्दा माथि उठ्न नसकेको आरोप लगाएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विवाद चलिरहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख उपस्थित नभएपछि ओलीका प्रेस सल्लाहकारले सभामुख माथि यस्तो आरोप लगाएका हुन्।

ओलीका प्रेस सलाहकार थापाले सामाजिक संजाल मार्फत सभामुख सापकोटाले संवैधानिक दायित्व भुलेको आरोप लगाएका छन्। आफ्नो संवैधानिक दायित्व बिर्सिँदै मंसिर २८ र ३० को बैठक बहिष्कार गरेको उनको आरोप छ।

सभामुख पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष रूपमा कार्यसम्पादन हुनुपर्ने संवैधानिक परिकल्पना र व्यवस्था रहेपनि त्यस्तो हुन नसकेको दावी थापाले गरेका छन्।

“सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व र कर्तव्यविपरीत मंसिर २८ र ३० गते वहिष्कार गर्नुभयो”, उनले सामाजिक संजाल मार्फत भनेका छन्, “जबकि सभामुख त पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष रूपमा कार्यसम्पादन हुनुपर्ने संवैधानिक परिकल्पना र व्यवस्था रहेको छ।”

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादका कारण संवैधानिक परिषद् बैठक बस्न सकिरहेको थिएन। प्रचण्ड निकट मानिने सभामुख सापकोटा बैठकमा अनुपस्थित हुँदा बैठक बस्न नसकेको हो। जसलाई काउन्टर गर्न सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश ल्याएको छ।

मंगलबार अध्यादेश ल्याइएसँगै सत्तारुढ नेकपा चलिरहेको विवाद थप चर्किने निश्चित जस्तै देखिएको छ। प्रचण्ड-नेपाल पक्षले यस अगाडी नै पार्टीमा छलफल नगरी संवैधानिक परिषद्को बैठक बोलाएको प्रति आपत्ति जनाउँदै आएका थिए। अब प्रधानमन्त्रीले अध्यादेशनै ल्याएपछि नेकपा विवाद थप पेचिली बन्ने निश्चितप्राय छ।

प्रकाशित : मङ्गलबार, मङि्सर ३०, २०७७१६:२२

अध्यादेश विरुद्ध प्रचण्ड परिवारको एक स्वर ! कसले के भने ?