आजबाट खरमास सुरु, भुलेर पनि नगर्नुहोस् यी ५ कार्य !

खरमास डिसेम्बर १५ अर्थात आज देखि सुरु भइसकेको छ। खरमास १४ जनवरीमा मकर संक्रान्तिसँगै समाप्त हुनेछ। आज राति ९ बजेर ४७ मिनेटबाट सूर्य धनु राशिमा प्रवेश गर्दैछ। सूर्य यस राशिमा प्रवेश गरेपछि मांगलिक कार्यहरु बन्द हुन्छन्। यो अवस्था करिब एक महिनासम्म रहन्छ र सूर्य मकर राशिमा प्रवेश गरेपछि मात्र शुभ कार्यहरू शुरू हुन्छन्।

धनु बृहस्पतिको ज्वलन्त राशि हो र यसमा सूर्यको प्रवेशले विशेष परिणामहरू उत्पन्न गर्छ। यस समयमा रोग तथा बिमारी बढ्छन्। मानिसको मनमा चनचलता आउँछ। यस समयमा ज्योतिषीय कारणहरूले गर्दा शुभ कार्यहरू निषेध गरिएको छ। त्यसैले, यसलाई धनु खरमस पनि भनिन्छ। यस समयमा के-के गर्नु हुँदैन त ? जान्नुहोस्….

  • खरमामा कुनै पनि शुभ कामहरू नगर्नुहोस्, जस्तै विवाह, व्रतवन्ध, गृह प्रवेश, घर निर्माण, नयाँ व्यापार आरम्भ आदि। मांगलिक कार्य सिद्ध हुनको लागि गुरु प्रवल हुनु आवश्यक हुन्छ।

  • यस महिना कुनै पनि नयाँ व्यवसाय शुरू गर्नाले आर्थिक कठिनाइहरू पैदा हुन्छ किनकि यस समयमा खर्च वृद्धि हुन सक्छ। यस अवधिमा सुरू गरिएको व्यवसायहरू बीचमा बन्द हुन्छ वा व्यापारको ऋण धेरै हुन्छ।
  • यस महिनामा झूट बोल्नु हुँदैन। यस समयमा मन शान्त राख्नुपर्छ। संयम तथा धैर्यताका साथ महिना पूरा गर्नुपर्छ। खाँचोमा परेकाहरूलाई सहयोग गर्नुपर्छ।

  • गहुँ, चामल, मुंग, जौ, तिल, स्याउ, आँप, सुक्खा अदुवा, जीरा, अमला, सुपारी यस महिना खानु हुँदैन।
  • यस समयमा कसैसँग पनि विवाद गर्नु हुँदैन। कुनै देवता, गुरु, गाई, महिलाको निन्दा गर्नु हुँदैन।
प्रकाशित : मङ्गलबार, मङि्सर ३०, २०७७१९:२९

मन्त्रहरुको सर्वश्रेष्ठ हो यो मन्त्र !