कुन राशिको लागि कस्तो रहला सन् २०२१ ? हेर्नुहोस् वार्षिक राशिफल !

मेष राशि 

  • मेष राशिका व्यक्तिका लागि उनीहरूको आर्थिक अवस्था गत वर्षको तुलनामा यस वर्ष अझ राम्रो हुनेछ।शनिको गोचर राशिको अष्टम भावमा मकर राशिमा हुनाले शनिको दृष्टि धन भावमा हुनेछ, जसले आय बढ्नेछ भने खर्च कम हुनेछ। यस वर्ष कसैलाई ऋण दिएको पैसा फिर्ता आउनेछ। करियरको दृष्टिकोणबाट वर्षको शुरुमा काममा राम्रो अवसरहरू पाउनुहुनेछ।

  • २०२१ को मे देखि अक्टोबरसम्म ग्रहको वक्री हुनाले काम र व्यवसाय दुबै क्षेत्रमा धेरै सावधान हुनु आवश्यक छ। जुनपछि भने साथी कर्मचारीका कारण तनावमा पर्न सकिन्छ। त्यसैले धैर्यताका साथ आफ्नो कुरा राख्ने प्रयास गर्नुहोस्। यस वर्षको अन्त्यमा, रोजगार परिवर्तन हुनसक्छ र जागिरको खोजीमा रहेकाले उपयुक्त ठाउँमा काम गर्ने राम्रो मौका पाउनेछन्।

  • पारिवारिक जीवनको कुरा गर्दा वर्षको सुरुका महिनाहरूमा परिवारका सदस्यहरू बीच मनमुटाव हुनसक्छ। मनमा भ्रमको स्थिति आउनसक्छ। मे देखि जुलाईसम्म परिवारमा सुखमय वातावरण सिर्जना हुनेछ। परिवारमा आपसी मिलजुल बढ्नेछ। त्यस्तै, प्रेम तथा वैवाहिक जीवनको सम्बन्धमा यस वर्षको सुरुवात मेष राशिको लागि प्रेम जीवनको लागि शुभ रहने छ।

  • स्वास्थ्य दृष्टिकोणबाट यस वर्ष राम्रो हुनेछ। खानपानको विशेष ख्याल राख्नु पर्छ। वर्षको अन्त्यमा सानो दुर्घटनाको योग रहेकोले धेरै ध्यानपूर्वक गाडी चलाउनुहोस्।

वृष राशि 

 

  • वृष राशिका मानिसमा २०२१ मा राहुको गोचरको प्रभावका कारण यस राशिका यो वर्ष केहि भ्रममा रहनेछन् जसले उनीहरूको निर्णय बारम्बार परिवर्तन हुनेछ। आर्थिक दृष्टिकोणबाट वर्ष २०२१ मिश्रित हुनेछ। कार्यक्षेत्रमा बाधा आउँदा आयमा कमी आउनेछ। अप्रिल महिनापछि आकस्मिक धन लाभको सम्भावना छ।

  • सेप्टेम्बर महिना तपाईंका लागि जग्गामा लगानी गर्न समय धेरै राम्रो हुनेछ। जग्गाको कारोबारले गर्दा तपाईंको आर्थिक स्थिति राम्रो हुनेछ। शेयर बजारमा लगानी गरेर राम्रो नाफा प्राप्त गर्न सक्नुहुनेछ। वर्षको अन्त्यमा पैतृक सम्पत्ति मिल्ने सम्भावना छ।

  • करियरको हिसाबले यस वर्ष कडा परिश्रम गर्दा मात्र सफलता प्राप्त हुनेछ। मे देखि अक्टोबरसम्म दुई ग्रहको गोचरका कारण यो समयमा व्यापार व्यवसाय सम्बन्धि महत्वपूर्ण निर्णय लिनु शुभ हुनेछैन। यस वर्ष नोकरीपेशा गर्नेलाई शुभ नरहला। वर्षको अन्त्यमा, वृषिक राशिका मानिसले रोजगार तथा पेशामा केहि राम्रो परिणामहरू पाउने सम्भावना छ।

  • २०२१ मा पारिवारिक जीवन तपाईंको लागि मिश्रित हुनेछ। २०२१ को शुरुका महिनाहरूमा ठूलो पारिवारिक उत्सवको वातावरण हुनेछ। मे पछि घरमा नयाँ सदस्य सामेल हुने सम्भावना छ। वर्षको अन्त्यमा परिवारको एक सदस्यको स्वास्थ्यमा समस्या आउनसक्छ। यस्तो अवस्थामा परिवारमा मतभेद हुनसक्छ। प्रेम र विवाहको मामलामा यस वर्ष वृष राशिका राशिका लागि खास रहने छैन। केतुको विवाह भावमा हुने गोचरले वैवाहिक जीवनमा समस्या ल्याउन सक्छ।

मिथुन राशि

 

  • तपाईंले यस वर्ष आफ्नो खर्चको अधिक ध्यान दिनुपर्नेछ। मार्चपछि मिथुन राशिको आर्थिक स्थिति पहिले भन्दा राम्रो हुनेछ। यदि तपाईं कुनै ठूलो लगानी गर्न चाहानुहुन्छ भने, यस वर्ष सावधान रहनुहोला। यस वर्ष घर वा सवारी साधन लिने सपना पूरा हुनेछ। बुबाबाट आर्थिक सहयोग मिल्नसक्छ।

  • करियर र व्यवसायको हिसाबले हेर्दा यस वर्ष मिथुन राशिमा शनिको प्रभाव रहनेछ। यस्तोमा तपाईले व्यापार क्षेत्रको लेनदेनमा सावधान हुनुपर्नेछ। त्यस्तै, जसको व्यवसायमा बाधा आइरहेको छ, कुनै पनि बन्द गरेको व्यापार वर्षको बीचमा पुनः सुरु गर्न सकिन्छ। वर्षको शुरुवात रोजगारदाताको लागि राम्रो हुनेछ, तर वर्षको मध्यमा नयाँ कामको प्रयास नगर्नुहोस्। मिथुनका केहि मानिसले विदेशबाट नयाँ र राम्रो अवसरहरू पाउने सम्भावना पनि छ।

  • परिवार र प्रेम जीवनको कुरा गर्दा शनिको गोचरले असर पार्ला। प्रेम जीवनको मामलामा यो वर्ष रोमान्सले भरिपूर्ण रहनेछ। पारिवारिक जीवन पनि अत्यन्त सुखमय रहनेछ।

  • स्वास्थ्यको हिसाबले वर्षको केहि महिना मिथुन राशिका मानिसको लागि उत्तम हुनेछ। तर मध्यका महिनामा तपाईंलाई पेटसँग सम्बन्धित रोगले सताउन सक्छ। वर्षको अन्त्यमा सवारी साधन सावधानी चलाउनु होला।

कर्कट राशि 

 

  • कर्कट राशिका मानिसको यो वर्ष अनुशासन र कडा परिश्रमले भरिपूर्ण हुनेछ। धनको मामलामा मानसिक तनाव बढ्नसक्छ। त्यसैले, खर्च गर्दा सावधान रहनुहोस्। मार्च महिनादेखि भने अचानक धन निवेशको योग बन्नेछ। यस्तो अवस्थामा तपाईंको आर्थिक अवस्था वर्षभरि मिश्रित रहनेछ। मे महिनापछि अत्यधिक खर्च हुने सम्भावना देखिन्छ। वर्षको अन्त्यमा, तपाईंको वित्तीय स्थिति बलियो हुन शुरू हुन्छ।

  • २०२१ को सुरुवाती महिनामा व्यापारमा धेरै राम्रा अवसरहरू प्राप्त हुनेछ। तपाईंको नयाँ व्यापार नीति सफल साबित हुनेछ। पूरा वर्ष पूँजी निवेशको लागि शुभ रहनेछ। कामको सन्दर्भमा देश र विदेश भ्रमण हुनसक्छ र कडा मेहनतको साथ तपाईंले नयाँ परियोजनाहरू र सम्झौताहरूमा सफलता प्राप्त गर्नुहुनेछ। वर्षको अन्त्यमा पदोन्नतिको योग बन्नसक्छ।

  • पारिवारिक जीवनको हिसाबले वर्ष निकै शुभ रहनेछ। पारिवारिक सम्बन्ध राम्रो हुनेछ। अप्रिल २०२१ पछि घरमा धार्मिक कार्यक्रम आयोजना हुनसक्छ। प्रेम जीवनको दृष्टिकोणबाट पानो दिन शुभ रहनेछ। प्रेम सम्बन्ध अझ बलियो र प्रगाढ हुनेछ।

  • वैवाहिक जीवनको कुरा गर्दा जीवनसाथीसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। तर यो समस्या धेरै समय रहनेछैन। बिस्तारै सम्बन्धमा सुधार आउनेछ। कर्कट राशिका लागि स्वास्थ्यको हिसाबले यो वर्ष अनुकूल रहनेछ। खानपानमा भने विशेष ध्यान राख्नुहोला।

सिंह राशि 

  • आर्थिक हिसाबले सिंह राशिका लागि यो वर्ष धेरै शुभ रहनेछ। रोकिएका कार्य सम्पन्न हुनेछन्। जग्गा, जमीनमामा लगानी गर्दा राम्रो लाभ मिल्नेछ। कामको बोझ बढ्नेछ। मे देखि अक्टोबरको महिनामा कुनै ठुलो लगानीको बारेमा नसोच्नुहोस्। अन्त्यथा, घाटा हुने सम्भावना उच्च छ। आर्थिक अवस्था वर्षको अन्तिम महिनाहरूमा अझ राम्रो हुँदै जानेछ।

  • करियरको हिसाबले कर्यक्षेत्रमा सफलता प्राप्त हुनुका साथै थुप्रै नयाँ अवसरहरु प्राप्त हुनेछ। यस वर्ष नयाँ परियोजनाहरू र नयाँ व्यक्तिहरूसँग काम गर्ने अवसर मिल्नेछ। त्यस्तै, रोजगारीमा रहेका व्यक्तिहरूको यस वर्ष राम्रो तलब र पदोन्नतीको साथ सुरु हुनसक्छ। अक्टोबरपछिको समय तपाईंको लागि काम परिवर्तन गर्न धेरै उपयुक्त हुनेछ।

  • पारिवारिक जीवनको बारेमा कुरा गर्दा यस वर्ष त्यति खास नरहला। वर्षको अन्त्यमा घरमा कुनै उत्सव आयोजना गर्न सकिन्छ। घरमा कुनै नयाँ पाहुनाको आगमनले खुशीको वातावरण सिर्जना गर्दछ। यो वर्ष प्रेम र विवाहको मामलामा मिश्रित रहनेछ।

  • वैवाहिक जीवानमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। स्वास्थ्य दृष्टिकोणबाट तपाईले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ।

कन्या राशि 

 

  • यस वर्ष कन्या राशिका मानिसको आर्थिक स्थिति पहिले भन्दा मजबूत हुनेछ। वर्षको बीचमा जमिन तथा घर किन्नु तपाईंको लागि लाभदायक हुनेछ। व्यापारमा नाफा र दिएको ऋण फिर्ता आउनाले तपाईंको आर्थिक अवस्थालाई अझ राम्रो बनाउँदछ। अक्टोबर महिनादेखि आर्थिक लाभको राम्रो सम्भावना छ। व्यर्थको खर्च पनि हुनसक्छ।

  • कार्यक्षेत्रमा प्रगतिको अवसर प्राप्त गर्नुहुनेछ। वर्षको बीचमा कन्या राशिका मानिसहरूले कुनै नयाँ कार्य सुरु नगर्नुहोला। यस अवधिमा घाटा हुने सम्भावना छ। रोजगारी गर्ने मानिसले कार्यक्षेत्रमा केहि समस्या आइपर्न सक्छ।

  • यो वर्ष कन्या राशिका मानिसको परिवारका लागि उत्तम हुनेछ। परिवारमा केहि समस्या चलिरहेको भएपनि यस वर्ष आपसी प्रेम बढ्नेछ। वर्षको अन्त्यमा घरमा धार्मिक आयोजना हुने सम्भावना छ। प्रेम सम्बन्धमा मधुरता रहनेछ।

  • वैवाहिक व्यक्तिको लागि यो वर्ष मधुर सम्बन्धको सुरुवात हुनेछ। तर वर्षको मध्यमा आपसी तनाव बढ्न सक्छ, जसको कारण मानसिक तनाव बढ्नसक्छ। वर्षको अन्त्यमा फेरी सम्बन्धमा मिठास आउनेछ। स्वास्थ्यको हिसाबले यस वर्ष मिश्रित रहनेछ।

तुला राशि 

  • आर्थिक हिसाबले वर्षको सुरुवात राम्रो हुनेछ। आयका साथै खर्च मा पनि वृद्धि हुनेछ। तपाईंको वित्तीय स्थिति पहिले भन्दा राम्रो हुनेछ। मे महिनापछि नयाँ सवारी साधनहरु खरिद गर्ने सपना पनि यस वर्ष पूरा हुनेछ। नयाँ साइट निर्माण गर्न वर्षको बीचमा पैसा खर्च हुनसक्छ।

  • ज्योतिष गणनाको अनुसार यो वर्ष तुला राशिका मानिसको लागि शनि र गुरुको गोचरले मिश्रित परिणाम प्रदान गर्दछ। कसैको कुरामा आएर नयाँ व्यापारको बारेमा नसोच्नुहोस्, अन्यथा तपाईं धोकामा पर्न सक्नुहुन्छ। यस वर्ष पार्टनरको सल्लाह बिना कुनै काम एक्लै नगर्नुहोस्। यस वर्ष कामको शिलशिलामा देश विदेश जाने अवसर मिल्नेछ।

  • पारिवारिक हिसाबले यो वर्ष शुभ रहनेछ। प्रेम तथा विवाहको मामलामा पनि वर्ष सकारात्मक रहनेछ। प्रेमी-प्रेमिकासँग निकटता बढ्नेछ। साथै रमणीय यात्रामा जाने मौका पनि मिल्नेछ।

  • वैवाहिक जीवन यो वर्ष मिश्रित रहनेछ। स्वास्थ्य हिसाबले हेर्दा वर्ष त्यति खास नरहला। कुनै ग-म्भीर समस्याले सताउने सम्भावना उच्च छ। वर्षको अन्त्यमा भने स्वास्थ्यमा सुधार आउनेछ।

वृश्चिक राशि 

 

  • यस वर्ष तपाईंको आर्थिक स्थिति निकै मजबूत हुनेछ। तर तपाईंको आर्थिक स्थिति केहि कमजोर हुनेछ। अनावश्यक खर्च नगर्नुहोस्। यस समयमा शेयर बजारमा कुनै पनि किसिमको लगानी गर्नबाट जोगिनुहोस्। कतैबाट आर्थिक मद्दत हुन मिल्नसक्छ वा पैतृक सम्पत्तीबाट लाभ प्राप्त हुने सम्भावना छ। व्यापारमा लगानी गर्नको लागि यो वर्ष सबै भन्दा राम्रो समय हो।

  • वर्षको सुरुवातमा कार्यक्षेत्रमा विभिन्न नयाँ अवसर प्राप्त हुनेछ। वर्षको मध्यमा ऋण लिनबाट बच्नुहोला। मे महिनादेखि कार्यक्षेत्रमा विशेष सावधान रहनुहोला। हातमा आएको काम पनि फुत्किने सम्भावना छ। अक्टोबर महिनासम्म कुनै नयाँ कामको लागि प्रयास नगर्नुहोस्।

  • पारिवारिक जीवनको कुरा गर्दा यो वर्ष सामान्य रहनेछ। प्रत्येक मुद्दामा परिवारका सदस्यहरूको बिच छलफल हुनेछ। आमा-बुबाको सहयोग सधैं रहनेछ। परिवारका सदस्यहरूको सम्बन्ध पहिलेभन्दा राम्रो हुनेछ। घरमा समय-समयमा धार्मिक कार्यक्रम आयोजित गरिनेछ।

  • वैवाहिक जीवन सामान्य रहनेछ। वर्षको मध्यमा भने मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। जसको कारण परिवारमा शान्ति नरहला। यस वर्ष तपाईंले आफ्नो स्वास्थ्यमा धेरै ध्यान दिन आवश्यक छ। वर्षको अन्त्यमा दुर्घटनाको योग रहेको छ।

धनु राशि 

 

  • धनु राशिका व्यक्तिहरूले धन कमाउन वर्षभर कडा परिश्रम गर्नुपर्नेछ, त्यसपछि मात्र सफलता प्राप्त हुनेछ। कुनै ठाउँमा धन निवेश गर्नु परेमा राम्रोसँग सोच बिचार गरेर मात्र निर्णय लिनुहोला। परिवारमा खर्च बढ्नाले मानसिक तनाब बढ्नसक्छ। वर्षको अन्त्यमा आकस्मिक धन लाभ मिल्ने सम्भावना छ।

  • व्यापार व्यवसाय बिस्तार हुनेछ, जसको कारण आयमा वृद्धि हुनेछ। अनावश्यक साना यात्रा त्याग्न आवश्यक छ अन्यथा तनावका साथ खर्च बढी हुनसक्छ। पदोन्नतिको योग रहेको छ।

  • पारिवारिक जीवनको कुरा गर्दा २०२१ को सुरुवात धनु राशिको लागि राम्रो हुनेछैन। परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। समयसँगै परिवारका सदस्य बीच अपसी सम्बन्ध सुधार हुनेछ।

  • वैवाहिक जीवनको कुरा गर्दा धनु राशिका मानिसको लागि यस वर्ष शुभ छैन। जीवनसाथीसँग मदभेद हुनसक्छ। स्वास्थ्यको हिसाबले यस वर्ष अनुकूल रहनेछ। बिरामी मानिसको स्वास्थ्यमा सुधार आउने देखिन्छ। तपाईंको स्वास्थ्य यस वर्ष अझ राम्रो हुनेछ र जीर्ण रोगबाट पनि राहत पाउनुहुनेछ।

मकर राशि 

  • वर्ष २०२१ आर्थिक हिसाबले हेर्दा निकै उतार-चढाव रहनेछ। अनावाश्यक खर्च बढ्नेछ। यस वर्ष पैतृक सम्पत्तिको बारेमा परिवारका सदस्यहरुसँग बहस हुनसक्छ। तपाईंले आयका लागि कडा परिश्रम गर्नुपर्दछ, त्यसपछि मात्र केहि लाभ प्राप्त गर्नुहुनेछ। आफ्नो आवश्यकताहरू पूरा गर्न ऋण लिने आवश्यकता पर्न सक्छ।

  • यदि कुनै ठाउँमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने अभिभावकको पनि परामर्श लिनुहोस्। वर्षको अन्त्यमा अनावश्यक खर्च हुनसक्छ र बच्चाको भविष्यका लागि लगानी पनि गर्न सकिन्छ। यस वर्ष व्यवसायमा धेरै उतार चढाव आउनेछ। वर्षको अन्त्यतिर काम र व्यवसायका लागि समय शुभ रहनेछ।

  • मकर राशिका लागि पारिवारिक जीवन यस वर्ष धेरै राम्रो साबित हुनेछ। नयाँ पाहुना वा नयाँ साथीको आगमनले सुखमय वातावरण रहनेछ। यस वर्ष अभिभावकको समर्थन पनि भरपूर रहनेछ। वर्षको अन्त्यमा साथी-भाईसँग रमणीय यात्रामा जाने मौका मिल्नेछ।

  • विवाहित मानिसको लागि वर्षको सुरुवात शुभ नहोला। जीवनसाथीसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ। तर वर्षको अन्त्यमा यो सबै समस्या सुल्झिने देखिन्छ। यो वर्ष स्वास्थ्य दृष्टिकोणबाट तपाईंको लागि मिश्रित हुनेछ। खानपानमा ध्यान दिन जरूरी देखिन्छ।

कुम्भ राशि 

  • आर्थिक हिसाबले यो वर्ष शुभ रहनेछ। आयमा वृद्धि हुनेछ। व्यापारमा लाभ मिल्नाले आर्थिक स्थिति मजबूत हुनेछ। व्यापार व्यवसायमा लगानी गर्नको लागि वर्ष शुभ हुनेछ। पुरानो लेनदेनबाट धन प्राप्त हुनेछ जसको आर्थिक अवस्थालाई पहिलेको भन्दा बलियो बनाउनेछ। यस वर्ष भूमि र शेयर बजारमा लगानी नगर्नुहोस्।

  • नयाँ व्यवसाय लागि वर्ष निकै शुभ रहनेछ। यस समयमा पुरानो परियोजना सुरू गर्न पैसा पनि सकिन्छ। तपाईंको आवश्यकता अनुसार आफ्नो परिवारबाट आर्थिक सहयोग प्राप्त गर्नुहुनेछ। सरकारी क्षेत्रबाट लाभ मिल्नेछ। रोजगार गरिरहेका मानिसको लागि समय अनुकूल रहनेछ।

  • पारिवारिक जीवनमा विभिन्न समस्याको सामना गर्नुपर्नेछ। वर्षको बीचमा धार्मिक कार्यमा खर्च हुनेछ। वर्षको सुरुमा वैवाहिक जीवनमा मदभेद उत्पन्न हुनसक्छ। समयसँगै परिस्थितिमा सुधार हुँदै जानेछ।

  • यस वर्ष वैवाहिक जीवन नकारात्मक रहनसक्छ। स्वास्थ्यको हिसाबले कुभ राशिका मानिसको लागि यस वर्ष मिश्रित रहनेछ। विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ। कुनै पुरानो बिमारी पनि बल्झिन सक्छ।

मीन राशि 

  • आर्थिक हिसाबले वर्षको सुरुवात मीन राशिका मानिसको लागि सामान्य हुनेछ। तपाईले यस वर्ष तपाईको खर्च कम गर्नुपर्नेछ। २०२१ मा आर्थिक नाफाको योग पनि देखिन्छ। जग्गा-जमीनमा निवेश गर्नाले लाभ मिल्ने सम्भावना छ। आकस्मिक धन लाभ पनि मिल्नसक्छ।

  • व्यवसायको क्षेत्रमा उतार-चढावहरू आउनेछन्। सालको मध्यमा कार्यका नयाँ अवसर प्राप्त हुनेछन्। कार्यक्षेत्रको शिलशिलामा देश-विदेश घुम्ने मौका मिल्नेछ। पदोन्नतीको योग रहेको छ। नयाँ कामको लागि मे महिना भन्दा पहिले कोशिस गर्दा सफलता मिल्नेछ।

  • वर्षको मध्यमा भाई-बहिनीलाई तपाईंको आवश्यकता पर्नसक्छ। यस वर्ष तपाईंले अभिभावकहरूको पूर्ण समर्थन पाउनुहुनेछ। आमा-बुबाको स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ। वर्षको अन्त्यमा परिवारको साथमा कुनै रमणीय यात्राको सम्भावना देखिन्छ।

  • वैवाहिक सम्बन्धमा मधुरता आउनेछ। जीवनसाथीसँग विदेश यात्राको सम्भावना पनि छ। वर्षको मध्यमा दुर्घटनाको योग रहेको हुँदा यात्रा गर्दा विशेष सावधान रहनुपर्नेछ। स्वास्थ्यको हिसाबले यो वर्ष अनुकूल नरहला। पेट सम्बन्धि समस्याले सताउन सक्छ।
प्रकाशित : बुधबार, पुष ०१, २०७७१७:२७

वार्षिक राशिफल: स्वास्थ्यको हिसाबले कस्तो रहला सन् २०२१ ?