मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
कार्यालय वा व्यापार क्षेत्रका अधिकारीहरूसँग महत्वपूर्ण विषयमा छलफल हुनेछ। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ। अफिस सम्बन्धित कामको लागि यात्रा गर्नुपर्ला। कार्यभार बढ्नेछ। स्वास्थ्यको मामलामा शारीरिक थकानका साथै थोरै अस्वस्थता रहनसक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन शुभ रहनेछ। धार्मिक यात्राको आयोजना हुने सम्भावना छ। लामो यात्राको योग बन्नेछ। प्रियजनबाट शुभ समाचार प्राप्त हुनेछ। व्यापार व्यवसायमा आर्थिक लाभ मिल्ने सम्भावना उच्च छ। स्वास्थ्य मध्यम रहनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
नयाँ कार्य यस दिन सुरु नगर्नुहोला। क्रोधमा संयम राख्नुहोला, अन्यथा व्यर्थमा झै-झगडा हुनसक्छ। खर्च अधिक हुनाले आर्थिक स्थिति कमजोर रहला। परिवारका सदस्य बीच वाद-विवाद हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विपरित लिंगीसँगको भेटले मन प्रशन्न रहनेछ। स्वस्दिष्ट एवम उत्तम भोजनका साथै वाहन सुख प्राप्त होला। सामाजिक क्षेत्रमा मान-प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायमा परिस्थिति अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सकारात्मक वातावरण रहनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईंको लागि यस दिन मिश्रित फलदायी रहनेछ। घरमा सुख-शान्तिमय वातावरण रहनेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर साथ सहयोग मिल्नेछ। दैनिक काममा केहि अवरोध आउनसक्छ। माइती पक्षबाट चिन्ताजनक समाचार आउनसक्छ। स्वास्थ्य सामान्य रहनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सन्तानको बारेमा चिन्ता रहनसक्छ। पेट दुख्ने समस्याले सताउन सक्छ। विद्यार्थी वर्गको लागि समय अनुकूल छैन। आकस्मिक खर्च हुने सम्भावना छ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोस्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मानसिक तनाव महसुस गर्नुहुनेछ। तपाईं बढी भावुक हुनुहुनेछ। मनमा उठेका विचारहरूले गर्दा केहि चिन्तित रहनुहुनेछ। आमा र महिलाको बारेमा चिन्ता रहला। रमणीय यात्राको योग बन्नेछ। पारिवारिक र सम्पत्तीको मामिलामा सावधानी अपनाउनुहोस्।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
नयाँ कार्य सुरु गर्नको लागि दिन उत्तम रहनेछ। साथी-भाईसँग आनन्दमय समय बित्नेछ। मित्र तथा आफन्तसँग रमणीय भेटघाट हुनेछ। आर्थिक लाभ तथा भाग्यवृद्धिको योग रहेको छ। छोटो यात्राको सम्भावना छ। प्रतिस्पर्धी पराजित हुनेछन्। भाई-बहिनीबाट लाभ प्राप्त हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अनावश्यक खर्च हुनेछ। मनमा ग्लानिको भावना रहनेछ। परिवारका सदस्य बीच मनमुटावको स्थिति सिर्जना हुनसक्छ। कार्यमा सोचे अनुरुप सफलता प्राप्त हुनेछैन। कार्यभार बढ्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। कुनै महत्वपूर्ण निर्णय यस दिन नलिनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
हरेक कार्य सरलताका साथ सम्पन्न हुनेछ। तपाईंको प्रतिष्ठा कार्यालय र व्यापार ठाउँमा बढ्नेछ। पदोन्नतीको योग रहेको छ। गृहस्थाजीवन सुखमय रहनेछ। स्वास्थ्य बिग्रन सक्छ, सजग रहनुहोला। मानसिक रूपले शान्ति रहनेछ। साथी-भाई सँग रमणीय भेटघाट हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
शारीरिक तथा मानिसक अस्वस्थताको अनुभव हुनेछ। कानुनी मामलामा नपर्नुहोला। अनुपयुक्त स्थानमा पूँजी लगानी गर्नबाट बच्नुहोला। परिवारका सदस्यहरूले विरोधी व्यवहार गर्न सक्छन्। क्रोधमा संयम राख्न जरूरी देखिन्छ। खर्चमा वृद्धि हुने सम्भावना छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
यस दिन तपाईं विशेष रूपमा पारिवारिक र सामाजिक कुरामा संलग्न हुनुहुनेछ। रमणीय स्थानमा यात्राको सम्भावना छ। हरेक क्षेत्रमा लाभ मिल्नेछ। दाम्पत्य जीवें सुखमय रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। स्वास्थ्य सामान्य रहनेछ।