स्थायी कमिटी बैठक अघि ओली र प्रचण्ड बीच भेटवार्ता !

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ छलफलमा बसेका छन्।

स्थायी कमिटी बैठक अघि प्रधानमन्त्री कार्यालय बालुवाटारमा अध्यक्षद्वय प्रचण्ड र ओली बीच भेटवार्ता भएको बताइएको छ। पार्टीको स्थायी कमिटी बैठक पनि आजै १ बजे बालुवाटारमा बोलाइएको छ।

मंगलबारदेखि नै ओलीनिकट नेताहरु विभिन्न प्रस्तावका साथ प्रचण्ड निवास पुगेका थिए। बुधबार बिहान पनि ओलीनिकट मानिने स्थायी कमिटी सदस्य शंकर पोखरेल अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेर दुई अध्यक्ष छलफलमा बस्न सुझाव दिएका थिए। पोखरेलको सुझाव पछि दुइ नेता एकल वार्ता गर्न राजी भएको बताइएको छ।

प्रकाशित : बुधबार, पुष ०१, २०७७१३:२३

नेकपा स्थायी कमिटी बैठक शुरु