अमेरिकामा ११ वर्षसम्म ओछ्यानमा रहेका छात्र डाउ लिंडसेको बिरामीको उपचारमा सबै डाक्टरले हार मानेका थिए। डाक्टरले उनको रोगलाई थायराइडसँग जोडिएको बताएका थिए । त्यसपछि उनले डेढ हजार पेज भएको एंडोक्रिनोलोजी पुस्तक पढे ।
२०१० मा थाहा भयो कि उसको एड्रेनल ग्रन्थीमा (अधिवृक्क ग्रंथी) मा ट्यूमर छ । त्यसपछि डाउ लिंडसेले आफ्नो वैज्ञानिक साथीको मदत्तले आफ्नो सर्जरी गराए। त्यसपछि उनी हिड्न डुल्न थाले। २०१४ सम्म कुद्न पनि सक्ने भए । अहिले उनी मोटिभेशनल क्लास दिन्छन् ।
रकहर्ट्स यूनिभर्सिटीमा पढ्ने डाउ लिंडसे १९९९ मा जब २१ वर्षका थिए तब उनी घरमा बेहोश भएर डाइनिंग टेबलबाट लडेका थिए । उनी पटक-पटक बेहोस भईरहे। डाक्टरले पनि बजेको थिएन कि उनलाई के भएको हो भनेर। जब उनी सानै थिए उनको आमा र सानी काकीलाई यस्तै बिरामी थियो।