मनसुन फेरी सक्रिय हुँदै : मेघ गर्जन/चट्याङ्ग सहित पानि पर्ने हुँदा सतर्क रहन आग्रह !

काठमाडौँ – साताभर निस्क्रिय जस्तै रहेको मनसुन पुन सक्रिय हुने सम्भावना देखिएको छ। नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर अवस्थित रहेको मनसुनको न्यून चापिय रेखा बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै गरेको हुँदा मनसुन पुन सक्रिय हुने सम्भावना देखिएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम पानि पर्न सक्छ।

शुक्रबार हल्का सक्रिय भएको मनसुन शनिबार र आइतबार पनि सक्रिय रहने र धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडि भू-भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार सार्वजनिक गरेको तीन दिनमा मौसम पूर्वानुमान र विश्लेषण निम्न छ।

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर अवस्थित छ र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिन्छ |

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशको पूर्वी, पश्चिमि तथा मध्य पहाडी भू-भागमा सामान्य बदलीको अवस्था रहेको छ | साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भैरहेको देखिन्छ | मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण १७ गते (शुक्रबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ |

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पश्चिमी पहाडि भू-भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

श्रावण १८ गते (शनिबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।

श्रावण १९ गते (आईतबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडि भू-भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध छ |

प्रकाशित : शुक्रबार, साउन १७, २०७६०५:०६

सरकारभन्दा पार्टी ठूलो हो, दुई तिहाइको दम्भ देखाए पार्टी दुर्घटनामा पर्छ – झलनाथ खनाल