एक रूसी सोशल मीडिया स्टारले १ करोड २५ लाखको लग्जरी मर्सिडीज कार जालए। प्रख्यात यूट्यूबर मिखाइल लिटविनले आफ्नो यस्तो कामको भिडियो पनि खिचाए। द गार्जियनको रिपोर्टका अनुसार मिखाइलले आफ्नो नयाँ मर्सिडीज-एएमजी जी ६३ कार केवल १५ हजार किलोमिटर चलाएका थिए। बारम्बार कार खराब भइरहेको कारण उनी दिक्क भइसकेका थिए।
रिपोर्टका अनुसार रूसी भ्लगर मिखाइलले विगत १० महिनामा आफ्नो लग्जरी कार धेरै पटक मर्मतका लागि दिएका थिए तर पनि यसमा खराबी आउन छाडेन। अन्ततः, मिखाइल यति दिक्दार भए कि उनले आफ्नो कार नै जलाइदिए। यद्यपि धेरै सामाजिक संजाल प्रयोगकर्ताहरूले यसलाई एक पब्लिसिटी स्टन्ट भनेका छन्। उनले यो यूट्यूब र इन्स्टाग्राममा फलोअर्स बढाउनको लागि गरेको भन्ने धेरैको भनाइ छ। मिखाइल लिटविनको यूट्यूबमा करीव ५० लाख सब्सक्राइबर छन्।
भिडियो साझा गर्दै यूट्यूबरले लेखे, ‘मैले यसको बारेमा धेरै सोचें। आगो लगाउनु नै मलाई उत्तम लाग्यो। म खुसी छैन!’ अक्टोबर २४ मा साझा गरिएको भिडियो युट्यूबमा १।१५ करोड भन्दा बढी पटक हेरिएको छ। उक्त भिडियोमा १० लाख भन्दा बढी लाइक र ४७००० भन्दा बढी डिसलाइक आइसकेका छन्।