काठमाडौँ : कसैसँग लामो समयसम्म सम्बन्धमा रहेर ब्रेकअप हुनु एक अत्यन्तै दुखद अनुभव हो। केही मानिस यस्तो घटनापछि आफूलाई सम्हाल्छन् र केही यसबाट अत्यन्तै आहत हुन्छन्। साथै केही मानिस यस्ता हुन्छन् जसलाई ब्रेकअपले खासै फरक पार्दैन र उनीहरु चाँडै मुव अन हुन्छन् यानि कि आफ्नो जिन्दगीमी अगाडी बढ्छन्। राशिले पनि यस्ता मानिसहरुका बारेमा धेरै कुराहरु बताउँछ। आज हामी ती राशिका मानिसहरुका बारेमा तपाईलाई बताउँछौँ जसलाई ब्रेकअपले खासै असर गर्दैन र उनीहरु छिट्टै सबै भुलेर मुव अन हुन्छन्।
मेष राशि – ARIES(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
मेष राशिका व्यक्ति निकै प्यारो र दयालु किसिमका हुन्छन्। तर जब कुरा मुव अनको आउँछ यिनीहरुले अलग तरिकाको व्यवहार देखाउँछन्। यदि यिनीहरुलाई आफ्नो पार्टनरसँग सम्बन्ध सुमधुर चलिरहेको छैन जस्तो लाग्छ तब यिनीहरु ब्रेकअप दिन स्वयम् अग्रसर हुन्छन्। यिनीहरु यस्तो सोच्छन् कि यिनको प्रेमपूर्ण र दयालु व्यवहारको सहायताले छिट्टै राम्रो पार्टनर तलाश गर्न सक्षम छन्। साथै यी राशिका मानिस लङ टर्म रिलेशनशिपमा विश्वास राख्छन्।
वृष राशि – TAURUS(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
वृष राशिका मानिसका जिन्दगीमा निकै स्थिरता हुन्छ। यिनीहरु विगतका कुराहरुमा खासै ध्यान दिँदैनन्। साथै यिनीहरु यस्तो पार्टनरको खोजीमा हुन्छन् जसले यिनीहरुलाई आफ्नो अमूल्य समय पर्याप्त मात्रामा दिऊन। यिनीहरु आफ्नो स्पेशल व्यक्ति छिट्टै भेटिनेमा विश्वस्त रहन्छन्।
सिंह राशि – LEO(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :
सिंह राशिका मानिस अत्यन्तै आत्मविश्वासी हुन्छन् र यिनीहरुले आफूलाई राम्ररी चिनेका हुन्छन्। जब यिनका पार्टनरले ब्रेकअपको कुरा गर्छन् तब यिनले बिना बहसबाजी सहजै ब्रेकअप दिन्छन्। यस्तो यी राशिका मानिस यसकारण गर्छन् किनकी यस राशिको लागि सेल्फ वर्थ सबैभन्दा महत्वपूर्ण हुन्छ। यिनीहरु यस बारेमा यिनीहरु कदापि सोच्दैनन् कि ब्रेकअप पछि के हुन्छ, कस्तो लाग्नेछ।
धनु राशि – SAGITTARIUS(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :
धनु राशिका मानिसहरुलाई मुव अन गर्न कुनै ठुलो समस्या हुँदैन। यिनीहरु आफ्नो इज्जतलाई सबैभन्दा बढी मान्छन् र यदि पार्टनरले यिनीहरुसँग केही नराम्रो गरेमा तुरुन्त ब्रेकअप गरी मुव अन हुन्छन्। यिनका व्यवहार निकै मिलनसार र एकअर्कालाई बुझ्ने स्वभाव हुन्छ। जसको कारण जो सँग पनि यिनीहरु छिट्टै घुलमिल हुन्छन् र चाँडै साथी बनाउँछन्। यिनीहरुमा अहिलेको भन्दा भविष्यमा राम्रो पार्टनर मिल्ने पूर्ण विश्वास हुन्छ।
कुम्भ राशि – AQUARIUS(गु, गे, गो, सा, सि, सु, से, सो, द) :
कुम्भ राशिका मानिस स्वतन्त्रता बढी रुचाउँछन्। साथै ब्रेकअपपछि यिनीहरुले खासै दुख मनाउ गर्दैनन्। यिनीहरु सम्बन्ध त्यतिबेला नै समाप्त पार्ने सोच्छन् जब यिनका पार्टनरको यिनीहरुप्रति रुचि कम हुन्छ। अनिश्चितताको बीचमा आफ्नो जीवनयापन गर्न चाहँदैनन्