नेकपाका नेताहरु गुट भेलामा व्यस्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधानको खोजीसँगै गुटको भेला पनि जारी रहेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएपनि त्यो सकरात्मक बन्न नसकेको बताइएको छ ।

प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष दाहाल शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।

पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र बहस जारी छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा संघीय संसद्को विशेष अधिवेशनको माग राखी पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो । नेकपा स्थायी कमिटीको अर्काे बैठक यही पुस ५ गते बस्नेछ । यस्तै केन्द्रीय कमिटीको बैठक पुस १० मा बस्नेछ ।

यसैबीच, दाहाल–नेपाल पक्षले जनवर्गिय संगठनको कार्यालय पेरिसडाडाँमा प्रदेश–१का आफु निकट जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरेका छन् । छलफलमा पार्टी विभाजनसम्म पुग्ने भएकाले त्यसका लागि तयार रहन निर्देशन दिएको एक नेताले जानकारी दिएका छन् । भेलाले अध्यादेश फिर्ता नलिएकोमा प्रधानमन्त्री ओलीको कडा आलोचना समेत गरेको थियो ।

प्रकाशित : शनिबार, पुष ०४, २०७७०९:३२

स्वार्थले असफल संवैधानिक परिषद् !