एजेन्सी – पछिल्लो केहि दिन देखि भारतीय गायिका नेहा कक्कर चर्चामा छिन्। इन्स्टाग्राममा नेहाले पोस्ट गरेको एक तस्विरले उनी गर्भवती भएको चर्चा चलाएको थियो।
विवाह भएको दुई महिनामै नेहा गर्भवती भएको भन्दै मिडिया देखि सामाजिक संजालमा व्यापक चर्चा भयो। नेहा तथा उनका पति रोहन प्रीत सिंहलाई करोडौंले शुभकामना दिए।
नेहालाई उनका प्रशंसकहरुले मात्रै बधाई दिएनन्, नेहाका भाइ टोनी कक्करले पनि शुभकामना दिएका थिए। टोनीले आफू मामा बन्न लागेको भन्दै खुशी समेत व्यक्त गरे।
View this post on Instagram
तर नेहाले सामाजिक संजालमा पोस्ट गरेको तस्विरको वास्तविकता भने अर्कै रहेको खुल्न आएको छ। खासमा उक्त तस्विर म्युजिक भिडियो ‘प्रमोट’ गर्ने पब्लिसिटी स्टन्ट थियो।
गर्भवती भएको चर्चा गरिए पनि नेहाले शनिबार बिहान अर्को एक तस्विर पोस्ट गर्दै उक्त तस्विर म्युजिक भिडियो ‘प्रमोट’ गर्ने पब्लिसिटी स्टन्ट थियो भन्ने पुष्टि गरेकी छन्।
View this post on Instagram
शनिबार बिहान नेहाले गीत ‘ख्याल राख्या कर’ को पोस्टर सार्वजनिक गरेकी छन्। जसमा पनि नेहा गर्भवती भएको देखाइएको छ। पोस्टरमा प्रयोग भएको तस्विर र केहि दिन अगाडी नेहाले सार्वजनिक भएको तस्विर एकै छन्। ‘ख्याल राख्या कर’ को पोस्टर सँग-सँगै नेहाले गीत २२ डिसेम्बरमा सार्वजनिक हुने पनि जानकारी गराएकी छन्।